विजय र दीपको ‘सङ्ग्रह’ एल्बम सार्वजनिक

गीतकार विजय शिवाकोटी र गायक दीप श्रेष्ठको  एल्बम ‘सङ्ग्रह’ सार्वजनिक गरिएको छ।  राजधानीमा एक कार्यक्रमको आयोजना गरी उक्त एल्बम सार्वजनिक गरिएको हो। ६ वटा गीत समावेश एल्बममा दीपक जंगम, दीप श्रेष्ठ, प्रकाश गुरुङ, राजु सिंह र निर्वाण योन्जनको संगीत रहेको छ। ६ वटा गीत मध्ये एक गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको छ। कार्यक्रममा प्रेमध्वज प्रधान, डाक्टर तारानाथ शर्मा, किरण खरेल, दीप श्रेष्ठ, दीपक जंगम, दीपक खरेल, प्रकाश गुरुङ लगायतका श्रष्टाहरुलाई सम्मान गरिएको थियो। नेपाली साहित्यका शिखर ब्यक्तित्त्व डा तारा नाथ शर्माको प्रमुख आथित्यमा सम्पन्न यो कार्यक्रममा साहित्य संगीत अनुरागीहरुको राम्रो उपस्थिती थियो ।

व्यवसायिक पनलाई टाढा राखेर स्तरिय गीतिकारिता गर्दै आएका विजयको यो चौथों एल्बम हो भने गायक दीपको आठौ एल्बम हो ।प्राय अधिल्लो पुस्ताका गायकहरुसंग सहकार्य गर्न रुचाउने विजयका शब्द गहिरो अर्थ बोकेका तर भाषिक शिल्पले सरल हुन्छन् । अर्थ बुझ्न कठिन हुदैन ।यो एल्बममा पनि विजयको यो प्रवृत्ति दोहोरिएको छ । शब्द , गायन , संगीत तिन पक्ष नै सशक्त भएकाले एल्बम राम्रो बनेको छ ।