सशक्त एल्बम ‘ प्रेमको भिखारी’ लिएर संगीत र गायनमा जुर्मुराएका दाजुभाइ निम र गगन

नेपाली आधुनिक संगीतमा निक्कै राम्रो संभावना देखाएर विक्रमको साठीको दशकमा झुल्केका संगीतकर्मी दाजुभाइ निम संगीत र गगन सरगम लामो समयको अन्तरालमा फेरि निक्कै सशक्त एल्बम ‘ प्रेमको भिखारी’ लिएर संगीत र गायनमा जुर्मुराएका छन् । एल्बममा निमले आफ्नो पुरानो छाप पुन देखाएका छन् भने गगनले सशक्त गायन पेस गरेका छन् ।

संगीत र गायनको सबाल मा यो एल्बम निक्कै अब्बल छ । एल्बममा संगीतकार निमकै दुई रचना पनि समावेस छन् । संगीतमा जस्तै लेखनमा पनि निमलेआफुलाई सशक्त देखाएका छन् ।नवराज घिमिरे र घनश्याम गौतमका दुई शब्द पनि यो एल्बममा छ । घिमिरे र गौतमले पनि उत्कृष्ठ रचना दिएका छन् ।लेखन , संगीत र गायन उत्तकृष्ठ रहेकाले समग्रमा एल्बम पनि गतिलो बनेको छ।