मेनुकाको स्वरमा परदेशीको पिडा

गायिका मेनुका राईले  ‘ परदेशी जीवन’ मा आधारित गीत ‘ माया बिदेशैमा पैसा फल्ने वोटै हुन्छ रे’ भिडियो सहित सार्बजनिक गरेकी छिन् । मिरादेवी राईको शब्द संगीतमा बनाईएको यो गीत निक्कै मार्मिक छ । बिदेशमा रहेका जोसुकैले आफ्नै कथा व्यथा ठान्न सक्ने क्षमता गीतमा छ ।गीतमा विदेशीएका आफन्तले परदेशमा गर्ने मेहनत र दुःखको भावना समेटिएको छ ।

गायिका मेनुका राई

मिरादेवी राई (शब्द संगीत)

निक्कै चोटिलो कथा उनिएको छ गीतमा । राजु कार्कीले पनि शब्द र भाब बुझेर राम्रो संगीत संयोजन गरिदिएका छन् ।
भिडियो पनि गतिलो बनेको छ । कजिस श्रेष्ठले निर्देशन गरेको यो भिडियोमा हिरा राई, उमेश राई, कजिस श्रेष्ठले दमदार अभिनय गरेका छन् ।

तिम्ले भन्छौ- माया बिदेशैमा पैसा फल्ने वोटै हुन्छन् रे
टिप्छौ राख्छौ रे घुमफिर गर्छौ रे !
तर कहिल्लै पनि भनिनौ माया घर फ़र्क़ पैसा भन्दै गयो वैशालु