‘फेरि तिनै खुशीहरु’ मा बनेको भिडियो सार्वजनिक

गीतकार विजय सिवाकोटीको नविनतम एल्बम संग्रहमा रहेको निक्कै मर्मस्पर्शी गीत ‘फेरि तिनै खुशीहरु’ मा बनेको भिडियो सार्वजनिक भएको छ । गायक दीप श्रेष्ठको संगीत तथा स्वरमा रहेको यो गीतमा मानिसको जीवनमा आएर गैसकेका खुशीका पलहरु फेरि पनि प्राप्त गर्ने इच्क्षा जाहेर गरिएको छ। गीत मानबिय मनका भावना पोख्न सक्षम बनेको छ । सबै पक्ष राम्रा भएकाले गीतको भिडियो पनि दमदार बनेको छ । राजेश श्रेष्ठको निर्देशन तथा सम्पादन बनेको यो भिडियोमा ह्ययारी महर्जनको छायांकन रहेको छ ।