नेपालमा पहिलो पटक मिस्टर एन्ड मिस नेपाल फर डिसाबिलिटी २०७५ नामक ट्यालेन्ट शो

राष्ट्रिय अपांग अनुसन्धान तथा विकास केन्द्र , युनिभर्सल मिडिया ग्रुप र इन्टरनेशनल मिडिया हबको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक मिस्टर एन्ड मिस नेपाल फर डिसाबिलिटी २०७५ नामक ट्यालेन्ट शो हुनुभएको छ ।सातवटै प्रदेशमा अडिसन लिएर छानिएका सबैलाई समेटेर गर्न लागिएको यो टेलिभजन रियालिटी सोमा गायन, नृत्य, नाटक ,वक्तृत्वकला,चित्रकला,फ़ेशन सो,बोडी सो, ह्विल चियर क्याटवाक,जस्ता बिधाहरुमा प्रतिस्पर्धा गराईने बताईएको छ ।अपांगता भएकाहरुले आफुमा भएको कला र प्रतिभा प्रदर्शन गरि राष्ट्रिय कलाकार बन्ने वाताबरण बनाउन यो कार्यक्रम गर्न लागिएको आयोजकले बताएका छन् ।आकर्षक पुरस्कारको साथमा गर्न लागिएको यो कार्यक्रममा करिब ३ हजारले सहभागिता जनाउने अनुमान गरिएको छ ।