‘ मलाई गोरी नभन ‘ बोलको गीत म्युजिक भिडियोमा

अम्बिका म्युजिक प्रा लीको प्रस्तुतिमा सार्वजनिक भएको ‘ मलाई गोरी नभन ‘ बोलको गीत निक्कै आकर्षक देखिएको छ । हिमाली भेगमा छायांकन गरिएको यो म्युजिक भिडियोमा चित्ताकर्षक दृश्यहरु समेटिएको छ । किशु गुरुङ र निलिमा साम्पाङ राईले युगल गाएको यो लोक शैलीको गीतमा भाबना मगरको शब्द र भक्त लुंगेली मगरको संगीत रहेको छ । गायिका द्वयले नै अभिनय गरेको यो भिडियोमा सन्तोष माबोले निर्देशन , सम्पादन र छायांकन गरेर आकर्षक बनाएका छन् ।

निलिमा साम्पाङ राई

किशु गुरुङ