अनुरागी र नम्रताको स्वरमा ‘ओई सानु’ बोलको म्युजिक भिडियो सार्वजनिक

बि.बिअनुरागी र नम्रता तामांगको युगल स्वरमा ‘ओई सानु’ बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।गीतमा अनुरागीकै शब्द संगीत छ भने भिडियो निर्देशन गम्भिर बिष्टले गरेका छन् ।पल शाह र आँचल शर्माले अभिनय गरेको यो गीत पार्टी र पिकनिकतिर जम्ने देखिन्छ । नाचु नाचु लाग्ने गीतमा पनि नृत्यकै संयोजन गरिएको छ ।नबराज उप्रेतीको छायॉकंन रहेको यसमा संपादन चाहि नबिना निरौलाले गरेकी छिन्।नम्रतालाई सुहाउने मेलोडी अनुरागीले बनाईदिएका छन् । गीत मिठो र मनछुने छ।