लोकप्रिय गायक राजेश पायल राईको आवाजमा ‘देउशी भैलो’ गीत सार्वजनिक

गीतकार प्रेम राईको एकल शब्द र संगीतकार विनोद खम्बुको एकल संगीतमा तयार पारिएको गीति एल्बम ‘शिरफुल शिरैमा’ लोकार्पण गरिएको छ । उक्त एल्वमलाई लोकप्रिय गायक राजेश पायल राई, गायक विनोद खम्बु, प्रेम राई र  पदम राई, लगायतले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

अमेरिकामा बस्दै आएका प्रेम राईले नेपाली गीत संगीतप्रतीको माया र मेहनतले  गीती एल्वम ‘शिरफुल शिरैमा’ निकाल्न सफल भएको बताए । शिरफुल शिरैमा एल्वमभित्र आठ गीतहरु समावेश रहेको छ । कार्यक्रमको प्रमुख अतिथीको रुपमा बोल्दै राजेशपायल राईले ‘शिरफुल शिरैमा’ एल्वमले नेपाली गीत-संगीतमा नयाँ आयाम थपिएको भन्दै प्रेम राईलाई बधाई तथा शुभकामना दिए । उनले नेपाली गीत—संगीत क्षेत्रमा स्वागत रहेको बताउँदै प्रेम राईबाट केहि नयाँ उत्साह थपिने विश्वास ब्यक्त गरे ।

गीति एल्वम ‘शिरफुल शिरैमा’को विमोचन समोरहमा ‘देउशी भैलो’ गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो ।  ‘देउशी भैलो’ बोल को गीतको भिडियोमा स्वंयम राजेशपायल राईको अभिनय रहेको छ भने उमेश राई (फुलन्देकी आमा), गायक विनोद खम्बु, अनु लिम्बु, गायिका दीपा तामाङ,संगीतकार महेन्द्र राई, पदम राई, अमर राई र अमर तामाङ लगायतले अभिनय रहेको देख्न पाइने छ ।