दशैं तिहार सन्दर्भ र विषयवस्तु समेटेर गज्जबको गीत सार्वजनिक

दशैंको छेको पारेर गायक सुमन कुमार श्रेष्ठले दशैंकै सन्दर्भ र विषयवस्तु समेटेर गज्जबको गीत सार्वजनिक गरेका छन् । एक नारायण भन्डारीको ओजनदार शब्द र सचिन सिंहको मिठो संगीतमा बनेको यो गीत सुन्दा संस्कृति प्रेमी मान्छेहरु फुरुंग पर्छन् ।गीतमा दशैंको साथमा तिहारको बारेमा पनि प्रसंगहरु पनि जोडिएका छन् ।

घर सम्झेर आउदैछु सात समुद्र तरी
चारो खोज्न गएको चरि गुडमैफर्के सरी
मनभरि मुटुभरि गाउको पियार
यसपाली त गाउमै मान्छु दशै तिहार

यस्ता गहकिला शब्द र बिचारले ओतप्रोत यो गीतको सबैपक्ष राम्रो देखिन्छ । गुन गुनाउन मिल्ने खालको गीत बनेको छ । नाच्न पनि मिल्छ यो गीतमा ।