चिसो मौसममा छालाको स्याहार

जाडोयामको सुरुवातसँग चिसो बढ्दै छ । चिसोको कारण हामीलाई विभिन्न स्वास्थ्य समस्या पनि देखिन्छ । त्यसमध्ये छाला सुख्खा हुने समस्या पनि एक हो ।

चिसो मौसमका हावा एकदमै चिसो हुने गर्छ र, चिसो हावाका कारण छाला पनि सुख्खा हुने गर्छ । यो आम समस्या हो । चिसोमा छाला सुख्खा हुनुमा हावाको साथै अन्य विभिन्न कारण पनि हुने गर्छ ।

शरीरमा पानीको कमी, घामको हानीकारक विकिरण, तातो पानीमा नुहाउने लगायतका कारणले पनि छाला सुख्खा हुने गर्छ । छाला सुख्खा भएमा छाला पोल्ने, चिलाउने तथा छाला पोल्ने गर्छ ।

चिसोमा छाला सम्बन्धि समस्याबाट बच्न नियमित रुपमा मोइस्चराइजर क्रिमको प्रयोग गर्न आवश्यक छ । साथै, साबुनको  प्रयोगमा विशेष सावधानी अपनाउनु पर्छ । किनकी विभिन्न केमिकल्सयुक्त साबुनको प्रयोगले पनि छाला सुख्खा हुने गर्छ ।

यी चीजको प्रयोगले छालाको स्याहार गर्न सकिन्छः

नरिवलको तेल
छाला सुख्खा हुन नदिन नरिवलको तेल प्रभावकारी उपचार मानिन्छ । किनकी नरिवलमा फ्याटी एसिड, प्रोटिन तथा विटामिन ‘ई’ पाइन्छ, जसले छालालाई नरम बनाउन मद्दत गर्छ । यसबाहेक, नरिवरमा एन्टी अक्सिडेन्ट तत्व हुन्छ, जुन समग्र स्वास्थ्यको लागि लाभदायक मानिन्छ ।

यसको लागि नरिवल तेललाई हल्का तताएर नुहाउनु अघि शरीरमा लगाउनु पर्छ । र, विस्तारै मालिस गर्नुपर्छ । त्यसको दश मिनेट पछि स्नान गर्नुपर्छ । छाला धेरै सुख्खा भएमा नुहाए पश्चात्त पनि नरिवलको तेल प्रयोग गर्न सकिन्छ ।

मह
महलाई प्राकृतिक मोइस्चराइजर पनि भन्ने गरिन्छ । यसमा एन्टी अक्सिडेन्ट तत्वका साथै रोग निरोधी गुण हुन्छ । यसबाहेक, महमा कयौ प्रकारका भिटामिन तथा खनिज पाइन्छ, जसले छालालाई नरम राख्न मद्दत गर्छ ।

जैतूनको तेल
अंग्रेजीमा ओलिभ आयल भनिने जैतूनको तेल छालाको लागि प्रभावकारी औषधि हो । जैतूनमा भिटामिन लगायतका एन्टीअक्सिडेन्ट तत्व पाइन्छ । छालाको सुख्खापन हटाउन महत्वपूर्ण भूमिका खेल्ने भएकोले जैतूनलाई पनि प्राकृतिक मोइस्चराइजर भनिन्छ । जैतूनलाई हल्का तातो बनाएर हात, खुट्टामा लगाइ मसाज गर्नु होस् र करिब आधा घण्टा पछि धुनुहोस् । यसो गर्नाले तपाईंको छाला मुलायम हुन्छ ।

दू्धमलाई
दूधमलाईमा फ्याट तथा ल्याक्टिक एसिड उच्च हुन्छ, जसले सुख्खा छालामा मोइस्चराईजरको रुपमा कार्य गर्छ । यसले छालालाई नरम र चम्किलो बनाउँछ । दैनिक उपयोगका लागि आˆनो सुख्खा छालामा दूधको ताजा मलाई लगाउनुस् । यसलाई दश मिनेट सम्म राखेर मनतातो पानीले राम्ररी धुनुहोुस् ।

एलोभेरा
सुख्खा छालामा एलोभेरा निकै प्रभावकारी मानिन्छ । एलोभेराको मद्दतले चिसो मौसममा छालालाई नरम, मुलायम तथा जीवन्त बनाउन सकिन्छ । यसको प्रयोगले छालाको स्किन टोनमा समेत सुधार आउँछ ।