गीतकार डा.डि.आर उपाध्याय‘प्रतिनाद सांगीतिक साँझ २०७५’मार्फत एकल गायनका साथ गुन्जिने

गीतकार डा.डि.आर उपाध्याय को ‘प्रतिनाद सांगीतिक साँझ २०७५’मार्फत एकल गाएनका साथ गुन्जिने भएका छन् । आफ्नो सांगीतिक यात्राको दौरानमा तयार भएका गीतहरु समेटेर यो कार्यक्रमको संयोजन गरिएको उनि बताउछन । यहि मङ्सिर ९ गते आइतबार काठमाडौँको रास्ट्रिय नाचघरमा विभिन्न गायक गायिकाहरुले एकल / युगल प्रस्तुति दिएर कार्यक्रम भब्य बनाउनेछन् । कार्यक्रममा संगीतकार राजु सिंहको संयोजनमा नेपालका लोकप्रिय बाध्यबाधकहरुको बेजोड प्रस्तुति रहने छ । साथै कार्यक्रममा राष्ट्रकबि माधव प्रसाद घिमिरेलाइ रु ५१ हजार नगद सहित अभिनन्दन पनि गरिने भएको छ ।

अभिनन्दनको साथमा डि.आरका सात सांगीतिक कृति र एउटा उपन्यास पनि लोकार्पण हुनेछन । एउटा सर्जकको एकैपटक यतिधेरै कृति बिमोचन एकल गाएनको साथ हुन लागेको यो पहिलो पटक नै हो । एल्बमहरुमा बुलु मुकरुङ, सन्तोष श्रेष्ठ र सगर अधिकारी ‘शरद’ को संगीत रहेको छ भने चर्चित गायक गायिकाहरुको स्वर समेटिएको छ ।

ग्ल्यामर प्लस प्रोडक्सन एण्ड मिडिया हाउस प्रा .लि तथा डि. आर. म्युजिक एण्ड ट्रेडिङको आयोजनामा हुन लागेको यो कार्यक्रमलाइ यसोदा फूडले प्रायोजन गर्ने भएको छ । आफ्नो गितीकारिता जिबनकै पहिलो एकल साँझ मार्फत गुञ्जिन लागेका डा.डि.आर कार्यक्रमप्रति उत्साहित छन् ।