‘दियो बाली साँझको’ रिमेकमा जमुनाको स्वर

 

बि.सं. २०४६ सालमा रेकर्ड भएर बि.सं. २०४७ सालमा सार्वजनिक भएको चलचित्र भक्ति गीत ‘ दियो बाली सॉझको’लाई गायिका जमुना शर्माले रिरेकर्ड गराएर ‘तिहार २०७५’ को उपलक्ष्यमा  सार्वजनिक गरेकी छिन् । लोकप्रिय चलचित्र ‘चिनो’ मा समावेश यो गीतमा तुलसी घिमिरेको शब्द र रनजित गजमेरको संगीत थियो । आशा भोषलेको स्वरमा बिगत २८ वर्षदेखि यो गीत गुन्जिदै आएको छ । अब भने जमुनाको स्वरमा पनि गुन्जिने भएको छ । भारतको मुम्बईमा रहेर सागीतिक कर्म गर्दै आईरहेकी जमुनाले यसमा उहि पुरानै मेलोडीमा मिठो गायकी दिएकी छिन्। यसमा संगीत संयोजन भने नयॉ गरिएको छ । जसमा प्रमोद तिमिल्सिनाले आफ्नो सागीतिक कौशल देखाएका छन् ।

भारतीय गायक कैलाश खेरको मुम्बईमा रहेको कैलाशा स्टुडियोमा रेकर्ड गरिएको यो  गीतको भिडियो छायांकन मुम्बई र नेपालमा गरिएको थियो । भिडियोमा दिपावली गरिएको दृश्यमा पनौतीको उग्रचण्डी बोर्डिङ स्कुलमा छात्राले अभिनय गरेका छन् । यस्तै गायिका शर्माले गीत गाउँदै गरेको दृश्य भने मुम्बईको कैलाशा स्टुडियोको हो

दिपावलीलाई लक्षित गरी सार्वजनिक गरिएको नयाँ भर्सन  भारतको मुम्बईमा बस्दै आएकी गायिका शर्माले संगीतकार रन्जित गजमेरको अनुमतीमा  रिमेक गरेकी हुन।