गायक प्रहलादको ‘महक–२’ सार्वजनिक

गायक प्रहलाद तिमिल्सिनाको  दोस्रो एकल एल्बम ‘महक–२’ सार्वजनिक भएको छ ।  भव्य सांगीतिक समारोहमा गृहमन्त्री राम बहादुर थापा ‘बादल’, संगीतकार शम्भूजीत बासकोटा, आलोकश्री, गीतकारहरु राजेन्द्र थापा, डा.कृष्णहरी बराल तथा एसपी कोइरालाले संयुक्त रुपमा उक्त एल्बम लोकार्पण गरेका हुन् ।

एल्बममा १० वटा गीत समावेश छन् । शम्भूजीत बासकोटा, सुरेश अधिकारी, आलोकश्री, न्ह्यू बज्राचार्य, महेश खड्का, वसन्त सापकोटा, विकास चौधरी तथा आशिष अविरलद्वारा संगीतबद्ध गीतहरुमा डा.कृष्णहरी बराल, जीवन लुईंटेल, राजेन्द्र थापा, वसन्त सापकोटा, एसपी कोइराला तथा निश्चल श्रेष्ठको  शब्द छ । स्थापित संगीतकार तथा सिद्धहस्त गीतकारका शब्दमा गायक प्रहलाद तिमिल्सिनाको स्वर सुहाएको छ।

समारोहमा गायक तिमिल्सिनाले एल्बमका दुई गीत  सुनाएका थिए भने तीन वटा गीतका म्युजिक भिडियोहरु प्रिमियर गरिएको थियो । गुञ्जन ईन्टरटेन्मेन्टले यो एल्बमलाई उत्पादन तथा बजार व्यवस्थापन गरेको छ ।नेपाली पार्श्व गायनमा राम्रो सफलता पाएका प्रहलादले निकै लामो समयको अन्तरालमा यो एल्बम श्रोता समक्ष ल्याएता पनि चलचित्रका हिट गीतले उनलाई भुलेका थिएनन । मिठो स्वर र राम्रा गीतहरुले यो एल्बम पनि श्रोताको रोजाईमा पर्ने देखिन्छ ।सबै खालको गीत एल्बममा समेटिएको छ ।स्वर संगीत र शब्द सबै अव्वल रहेकाले महकको श्रोस्रो श्रंखला बेजोड छ ।