अमेरिकामा रहेका ६० जना नेपाली कलाकारले सङ्गीतकार टीका भण्डारीबाट दसैंको टीका ग्रहण

हिजो साँझ न्युयोर्क शहरको ज्याक्सन हाइट क्विस्न्समा ‘दसैं टीका ग्रहण कार्यक्रम’ सम्पन्न भयो। दसैं बिशेष कार्यक्रममा ६० जना नेपाली कलाकारहरुले कार्यक्रमको शिलशिलामा नेपालबाट केहि दिन अघि अमेरिका आईपुगेका बरिष्ठ सङ्गीतकार तथा गायक टीका भण्डारीको हातबाट सामुहिकरुपमा दसैंको टीका लगाए। प्रमुख अतिथिका रुपमा पुगेका कलाकार टीका भण्डारीलाई गायिका सपना श्री,गायक नरबहादुर दाहाल, संगीतकार शिशिर श्रेष्ठले समेत साथ दिएका थिए। अमेरिका नेपाली कलाकार सङ्घका अध्यक्ष सुमन बुढामगरको            अध्यक्षतामा आयोजित ”बरिष्ठ सङ्गीतकार /गायक टीका भण्डारीबाट दशैं टीका ग्रहण” कार्यक्रममा न्युयोर्कमा रहेका ९० जना मध्ये ६० जना कलाकारहरु उपस्थित भएका थिए,जस मध्ये केहि कलाकार दशैं मान्न नेपाल पुगेको जानकारी अध्यक्ष सुमन बुढा मगरले दिए।

केहि राष्ट्रिय खेलाडी तथा पत्रकारहरु समेत उक्त दसैंको टीका ग्रहण कार्यक्रममा सहभागी बनेका थिए। धार्मीक साँस्कृतिकरुपमा फरक आश्थाका कारण दसैंमा टीका ग्रहण नगर्ने केहि कलाकार साथीहरु समेत टीका ग्रहण कार्यक्रममा भावनात्मकरुपमा एक्यबद्दताका लागि समेत सहभागी भएका देखिन्थे। दसैं टीका ग्रहण कार्यक्रममा बरिष्ठ गायिका सपना श्री, चर्चित गायक जगदिस समाल,बरिष्ठ गितार बादक शिशिर श्रेष्ठ,गायक तिलक बम मल्ल, चर्चित लोक गायक बिमल डाँगी , सुमनबुढा मगर, गायिका शर्मिला गुरुङ,बरिष्ठ बाद्यकलाकर न्हुच्छेमान डंगोल, राष्ट्रिय धावक,गायक नरबहादुर दाहाल,लगायत ६० भन्दा बढी कलाकारहरुलाई सङ्गीतकार भण्डारीले टीका जमरा लगाउंदै फलार प्रसाद प्रदान गरेको थिए।

कार्यक्रममा आ- आफ्ना गीतका मुखडा प्रस्तुत गर्दै कलाकारहरुले नेपालमा बस्ने आफ्ना परिवारजन र शुभचिन्तकहरुलाई समेत दशैंको शुभकामना ब्यक्त गरेका थिए।कान्तिपुर पब्लिकेसनका पत्रकार,सफल सगरमाथा आरोही आङ् छिरिङ् शेर्पा समेत कार्यक्रमको अतिथिका रुपमा देखिन्थे। साथै केहि नेपाली कला सङ्गीतका शुभचिन्तक, उद्योगी र साहित्यानुरागीहरुको समेत उपस्थिति थ्यो। कार्यक्रम स्थलको एउटा लबीमा यस प्रकारको दसैं पर्व बिशेष कार्यक्रम भईरहँदा, अर्को लबीमा बसेका अमेरिकन नागरिकहरु समेत निकै चासो मानेर कार्यक्रमलाई नियालिरहेका देखिन्थे ।

कार्यक्रममा यहि आउँदो डिसेम्बर ८ तारिकमा अमेरिकन नेपाली कलाकार सङ्घले न्युयोर्कमा बृहत सांगीतिक साँझ तथा अग्रज स्रष्टा सम्मानको कार्यक्रम गर्न लागेको कुरा अनलाइन प्रसारण मार्फत सबैलाई सगौरब जानकारी गराइएको थियो। नेपालबाट एक हप्ताको दसैंको छुट्टीमा अमेरिका आइपुग्दा सात समुद्रपारी जीवन नाउ खियाइरहेका ६० जना राष्ट्रिय कलाकारहरुबीच आफ्नो भनाई राख्दै बरिष्ठ संगीतकार /गायक टीका भण्डारीले भने -” यसरि आफ्नो परिवार र देशबाट बिछोडिएका हाम्रा प्रिय कलाकारहरुलाई सामुहिकरुपमा बडा दसैंको टीका लगाउन पाउनु मेरो लागि पनि निकै गर्वको बिषय हो। यो एउटा सुखद संयोग मात्र नभई तपाईं सम्पूर्ण कलाकारहरुको म प्रतिको सम्मानका रुपमा समेत लिएको छु। हामी जहाँ रहे पनि आखिर नेपाली नै हौँ, हाम्रो राष्ट्रिय स्वाभिमान र गौरब हाम्रा चाड पर्बहरुमै सम्मिश्रित छन्। हामी बिचको जातिय, क्षेत्रीय र धार्मिक साँस्कृतिक अनेकता र बिबिधतालाई गीत सङ्गीत र कलाका अन्य मिठासहरुले मात्र एकता र सुमधुरतामा बदल्न सक्छ। हामी यस मानेमा सार्है धन्य छौं, यो एउटा उधाहरण पनि हो,आयोजक साथीहरुलाई धेरै धेरै धन्यवाद। ”

अध्यक्ष सुमन बुढामगरले हालसम्म ५०२ जना नेपाली कलाकारहरुले अमेरिकाबाट ग्रिनकार्ड लिई सकेको जानकारी गराउनु भएको थ्यो। यस सम्बन्धि एउटा आधिकारिक तथ्याङ्क सहितको पुस्तक नै संस्थाको तर्फबाट प्रकाशोन्मुख रहेको बताएका थिए ।