दशै तिहार छठ पर्वको अबसरमा महिला रेस्लरबिच भिड़न्त सम्पन्न


नेपाल महिला रेस्लिग फ़ाउन्डेशनले दशै तिहार छठ पर्वको अबसर पारि महिला रेस्लरबिच भिड़न्त गराएको छ । एन आर एन व्यवसायी भवन भट्टको प्रमुख आतिथ्यमा सम्पन्न भिडन्तमा भगबती खड्का, अस्मिता जुरेली , डेनिका राई,भगबती माझी,बिद्या गुरुंग, ज्योति पोखरेल र संगीता गुरुंगहरु सहभागी थिए ।यो भिडन्तमा गुणराज रुचालले रेफ्रीको भुमिका निभाएका थिए ।आफ्नै कार्यालय प्रांगणमा भएको प्रतिस्पर्धा हेर्न थुप्रै आगन्तुक आएका थिए । संगीता गुरुंग, अस्मिता जुरेली,डेनिका राई बिजयी बनेका थिए ।यस्तै यस्तै खेलहरु बेला बेलामा आयोजना गरेर नेपालमा यो खेललाई लोकप्रिय बनाउने अभियानमा फ़ाउन्डेशन जुटेको छ ।प्रतिभा सम्पन महिलाहरु खोजेर तालिम दिएर खेलमा प्रोत्साहित गरिरहेको छ यस फ़ाउन्डेशनले । आगामी दिनमा पनि यसलाई निरन्तरता दिने सोच रहेको कुरा अध्यक्ष भगवती खड्काले बताएकी छिन् ।