महानचाड छेको पारेर रेस्लिङको महाभिडन्त

नेपाल महिला रेस्लिङ फ़ाउन्डेशनले दशै तिहार छठ पर्वको अबसर पारि महिला रेस्लरबिच महाभिडन्त गराउने भएको छ । भगबती खड्का, अस्मिता जुरेली , डेनिका राई,भगबती माझी,बिद्या गुरुंग, ज्योति पोखरेल र संगीत गुरुंग बिच भिड़न्त हुने भएको छ । भोली शनिवार दिउसो ३ बजेबाट प्रारम्भ हुने यो भिडन्तमा गुणराज रुचालले रेफ्रीको भुमिका निभाउदै छन् । आफ्नै कार्यालय प्रांगणमा हुने यो प्रतिस्पर्धा हेर्न कुनै शुल्क लाग्दैन । यस्तै यस्तै खेलहरु बेला बेलामा आयोजना गरेर नेपालमा यो खेललाई लोकप्रिय बनाउने अभियानमा फ़ाउन्डेशन जुटेको छ ।