आधुनिक गायनमा फेरि गगन सरगमको पुनरागमन

करिब आधा दशकभन्दा लामो समयको अन्तरालमा नेपाली आधुनिक गायनमा गगन सरगम राम्रो गीत मार्फत पुनरागमन भएका छन् । एल्बम ‘ प्रेमको भिखारी’ श्रोतामाझ लिएर आएका गगनलाई यो एल्बममा निम संगीतले संगीत ,एरेन्जमा र रचनामा साथ दिएका छन् । एउटा म्युजिक भिडियो सहित सार्वजनिक भएको यो एल्बममा बिबिध प्रकारका आधुनिक गीतहरु समावेश गरिएका छन् ।

गगन र जुनाको अभिनय , युबराज वाइबाको निर्देशन , निशान घिमिरेको सम्पादन ,उत्सव दाहालको छांयाकन रहेको यो एल्बमको शिर्ष गीत ‘ प्रेमको भिखारी ‘ घायलप्रेमीप्रति समर्पित गरिएको छ । गीतको भिडियो मर्मस्पर्शी छ । भिडियोमा आत्मा हत्या गर्नै लाग्दा प्रेमीलाई प्रेमीकाले बचाएको कथालाई देखाउँन खोजीएको छ ।

एल्बममा यो गीत बाहेकअन्य चार गीत पनि समावेस छन् । नवराज घिमिरे, लक्ष्मण पान्डे, घनश्याम गौतमका शब्दहरु पनि यो एल्बममा छ ।प्रेम र पिडाको अनुभुतिमा कोरिएका गीतहरु यो एल्बममा समावेस छ ।अत्यन्त मार्मिक अनुभूतीमा गायन गरिएको छ । पिडाका गीतमा गगनको फिलिंग्स तारिफ योग्य छ। पिडा नै पिडा त्यो पनि प्रेमपिडाको सशक्त गीतहरु यो एल्बममा समेटिएको छ। गीतमा विरह मनपराउनेहरुलाई यो एल्बमले छुन्छ। सबै कोणबाट एल्बम राम्रो बनेको छ ।