गीतकार सुरेन्द्र महर्जन ‘अमर’ को नयॉ एल्बममा रहने गीतको म्युजिक भिडियो सार्वजनिक

 

गीतकार सुरेन्द्र महर्जन अमरले आफ्नो बिसौं एल्बममा रहने गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । मिठो संगीत र गहकिलो शब्द रहेको यो गीतमा गायिका आश्विनी सिटौलाको स्वर, राम कार्कीको संगीत रहेको छ । रोशन कुमारको निर्देशनमा  अजय श्रेष्ठ,सन्ध्या खड्का, रितिका जिरेल र गायिका अश्विनी सिटौलाको बेजोड अभिनय रहेको भिडियोको छायांकन दिप गुरुङ रहेको छ  । रियान शाहको संपादन  रहेको छ भने मेकअप तथा साजसज्जा लक्ष्मी मल्लको रहेको छ ।भिडियो काठमाडौंको इन्द्र दह र कालू पाण्डे समाधी स्थान दह चोक वरपर छायांकन गरिएको हो ।

गीत संगीत बिना वास्तबमा मान्छेलाई जीउन गाह्रो हुन्छ । बिहान बेलुकी अनि हरपल मान्छेहरूको मनमा गीत संगीत लुकेको हुन्छ । दु:खमा होस् या सुखमा   गीत मान्छेहरूको एक अभिन्न मित्र भनेकै गीत, संगीत हो । यहि कुरालाई महसुस गरेर सुरेन्द्रले यो गीत रचना गरेको देखिन्छ । गायन क्षेत्रमा पाइला टेक्दै गरेकी अश्विनी सञ्चार क्षेत्रमा समेत क्रियाशील छिन् । उनी एबीसी टेलिभिजनमा प्रस्तोताको रुपमा कार्यरत छिन् ।