गायिका नित्याशिवा अब अत्याधुनिक गीतमा

नेपाली आधुनिक र पार्श्व गायनमा निक्कै राम्रो संभाबना देखाएकी प्रतिभा सम्पन्न गायिका नित्याशिवा अब अत्याधुनिक गीत पनि लिएर दर्शक माँझ आएकी छिन् ।पहिले पहिले आफुले गाउने गीतभन्दा विलकुल फरक शैलीको गीत लिएर आएकी नित्याले यो गीतमा पुर्णरुपमा न्याय पनि गरेकी छिन् । मिठो स्वरकी धनी यिनले आफुलाई यो गीत मार्फत भर्षटाईल गायिका पनि प्रमाणित गरेकी छिन् ।

तिमी ट्याटु खोपन मेरो नामको म मिहेन्दी लगाउला हातैमा
सपना सजाउने मेरो काम भो संगसंगै घुमौला साथैमा

यस्ता समान्य बोलीचालीको शब्द प्रयोग गरेर गीत बनाए पनि यो गीत विशेष छ ।युवा पुस्ता लक्षित यो गीत युवा पुस्ता माँझ लोकप्रिय नबन्ला भन्न सकिन्न ।शंकर अधिकारी घायलको शब्द र बाबुल गीरीको संगीत तथा संगीत संयोजन रहेको यो गीतमा नित्या गज्जबले खुलेकी छिन् ।