समाजसेवी हेमप्रति समर्पित गीत ‘असल मन’

२०३१ सालमा तेह्रथुमको मोराहंगमा जन्मिएका हेम बहादुर थापा सानैदेखि सामाजिक कार्यमा सक्रिय रहेका थिए । उनले गाउँमा मन्दिर बनाउने बिद्यालय बनाउने लगाएत बिपन्न बर्ग,असहायहरुको सेवा गरि नै रहे । हाल उनि अमेरिकामा रहेका छन् । उनले अमेरिकामा रहेर त्यहाँ पुगेर बिचल्ली परेका नेपालीलाइ सघाउने देखि नेपालमा रहेर समस्यामा पर्ने थुप्रै व्यक्तिको लागि आर्थिक सहयोग गरि सकेका छन् ।  अमेरिकामा १८-२० घण्टा परिश्रम गर्ने र त्यो कमाइले नेपालमा रहेका अशक्तहरुका लागि सहयोग गर्ने व्यक्ति हुन् । एक युगमा एक दिन शुभ समय आउंछ भने जस्तै एक दुइ जना मात्रै त्यस्ता व्यक्तिको जन्म हुन्छ जसको नाम मात्र लिंदा मात्र पनि आत्म सन्तुस्टि अनि सुखानुभूतिको अनुभव हुन्छ । त्यस्तो एक सामाजिक अभियन्ताको नाम हो हेम बहादुर थापा (कुमार) । यिनलाई यो कर्ममा यिनकी पत्नी माया थापाले पनि साथ दिदै आएकी छिन् ।यहि मनकारी जोडीलाई सम्झेर सम्मान स्वरुप एउटा गीत बनाईएको छ ।

यो दम्पतिमा समर्पित गरिएको ‘ असल मन ‘ गीतमा गीतादेवी र धनपति दाहालको स्वर छ । प्रभावन जेको लय शब्दमा बनेको यो गीतको भिडियो पनि छ । रोशन झाको निर्देशनमा तयार यो भिडियोमा जयन्द्र कुँवरको छायांकन र विवेक सुनारको संपादन रहेको छ ।