राज सागर र अन्जु श्रेष्ठको ”आँखा बन्द” सार्वजनिक

गायक राज सागर र गायिका अन्जु श्रेष्ठको आधुनिक गीत ‘आँखा बन्द’ सार्वजनिक भएको छ । राजको जन्मदिनको अवसर पारेर बुधबार राजधानीमा एक कार्यक्रमबीच ‘आँखा बन्द’ सार्वजनिक गरिएको हो । राजको सङ्गीत र स्वर रहेको यस गीतलाई गायिका अन्जु श्रेष्ठले लेखेकी हुन् । राज सागर र अन्जुकै अभिनय रहेको यो भिडियोलाई पासाङ योञ्जन लामाले निर्देशन गरेका छन् । प्रेमको गहिरो भावलाई चित्रण गरिएको भिडियोमा सन्जीत श्रेष्ठको छायाँकन र सुशिल न्यौपानेको सम्पादन  रहेको छ । गीत सार्वजनिक समारोहमा गायक, सङ्गीतकार, सञ्चारकर्मी, कलाकारलगायत नेपाली कला साहित्य र सङ्गीत क्षेत्रमा आवद्ध ब्यक्तीहरुको बाक्लो उपस्थिती रहेको थियो ।