२२औ हिट्स एफएम म्युजिक अवार्ड भव्यरुपमा सम्पन्न

लोकप्रिय रेडियो स्टेसन ‘ हिट्स एफएम ‘ ले आज एउटा भव्य समारोह बिच यो वर्षका उत्कृष्ठ गीतहरुलाई विभिन्न सोह्र विधामा अवार्ड प्रदान गरेर अवार्ड कार्यक्रम सम्पन्न गरेको छ ।प्राय नयॉ कलाकारले अधिपत्य देखिएको कार्यक्रममा यसपालीको लाईफटाईम अचिभमेन्टभने वरिष्ठ संगीतकार दीपक जंगमलाई प्रदान गरिएको थियो भने कार्यक्रममा नयॉ पुराना सबै संगीतकर्मीहरुको बाक्लो उपस्थिती थियो।

यसपालीका अवार्ड विजेताहरु –
सर्वोत्कृष्ट नव प्रतिभा- नितेशजंग कुवंर ( हाम्रो नेपालमा)
सर्वोत्कृष्ट चलचित्र गीत- राजनराज सिवाकोटी( कुटुमा कुटु)
सर्वोत्कृष्ट युगल गायन -टीका प्रसाई, संजीव पराजुली, (नाई मलाई था छैन)
सर्वोत्कृष्ट महिला पप गायन -श्रेया सोतांग(मनचरी )
सर्वोत्कृष्ट पुरुष पप गायन -नितेशजंग कुंवर
सर्वोत्कृष्ट लोकगीत-राजन ठकुरी विष्णु माया गुरुंग(साईली)
सर्वोत्कृष्ट समुह गायन-१९७४ एडी(पीरै पिर)
सर्वोत्कृष्ट पपरक सॉगीत सिर्जना -निराकर याकथुम्वा(पीरै पिर)
सर्वोत्कृष्ट संगीत संयोजन -चाँद सिंह(जानी नजानी)
सर्वोत्कृष्ट संगीत सिर्जना-दिनेश सुब्बा(जानी नजानी)
सर्वोत्कृष्ट रक गायन – प्रयत्न श्रेष्ठ( हक)
सर्वोत्कृष्ट एकल गायन महिला -बानिका प्रधान( जानी नजानी)
सर्वोत्कृष्ट एकल गायन पुरुष-दीप श्रेष्ठ(सम्पति दिए)
सर्वोत्कृष्ट गीति संग्रह-लोचन रिजाल(काँचों आवाज)
सर्वोत्कृष्ट रचना-डा. राजबावु श्रेष्ठ(सम्पति दिए)
सर्वोत्कृष्ट गीत- बानिका प्रधान (जानी नजानी)

नव गायक नितेशजंग , गायिका बानिका प्रधानले दुईवटा बिधामा अवार्ड प्राप्त गरेका थिए।समारोहमा बिभिन्न सागीतिक समुहले राम्रो प्रस्तुति दिएका थिए । हिट्सका आर्जेहरुले कार्यक्रमलाई २.३० घन्टा दर्शकलाई राम्रो मनोरन्जन दिएर कार्यक्रमलाई भव्य बनाएका थिए ।