प्रतापदास र सुमिना लो लामाको मिठो गीत ‘घामले जुनलाई’ सार्वजनिक

संगीतकर्मी राजेश कुमार श्रेष्ठले आफ्नै संगीत , शब्द, संगीत संयोजनमा एउटा मिठो गीत तयार पारेर श्रोता समक्ष भिडियो सहित ल्याएका छन् । गीतमा प्रताप दास र सुमिना लो लामाले मिठो स्वर दिएका छन् । शब्द अनुसारको लय र लय सुहाउदो संगीत संयोजन भएकाले गायक गायिकालाई गीतमा खुल्न सजिलो पनि भएको छ ।

गीतको भिडियो पनि गज्जबको बनेको छ । राम्रो संयोजन भिडियोमा देखिन्छ । सन्दिप भुजेलको निर्देशनमा तयार भएको यो भिडियोमा उमंग शाहीले छायांकन ,प्रेम शर्मा पौडेलको संपादन र प्रदिप किसन र शान्तिले   राम्रो अभिनय गरेकाले गीत जिवन्त बनेको छ ।’ घामले जुनलाई’ बोलको यो गीतमा राम्रो लोकेशन ,राम्रो कोरियोग्राफ़ीले पनि सजिबता ल्याएको छ ।