अविनाश घिसिङ र मुना पाख्रिनको‘लाइसेन्स ठेक्का’

गायक अविनास घिसिङको लाइसेन्सको ठेक्का (डम्फू) बोलको गीत सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको उक्त गीतमा अविनाशसँगै गायिका मुना पाख्रिनले स्वर भरेकी छन् । गीतमा शब्द तथा संगीत अविनास र मुनाले रचेका हुन् । भरत सिटौलाको निर्देशनमा तयार भएको गीतको भिडियोमा अविनास र मान्सी लामाले अभिनय गरेका छन् । राजिव समरको नृत्य निर्देशित भिडियो अनिल के. मानन्धरले छायांकन र सुप्रिम पराजुलीले सम्पदान गरेका हुन् ।

सुन्दर लोकेशनमा खिचिएको भिडियो निकै उच्च क्वालिटीको बनेको छ। भिडियोको मेकिङ कुनै हलिउड गीतको भन्दा कम देखिन्न । गीत सुन्दर अनि रमणीय स्थानमा छायांकन गरिएको छ। ड्रोन सटबाट दोलखा स्थित कालिन्चोकका केहि रमाईला दृश्यलाई यस गीतको भिडियोमा प्रस्तुत गरिएको छ।