मंजुलको शब्द शुभ बहादुरको संगीतमा आरतीको स्वर

गीतकार मंजुलले प्रकृतिप्रेमी पुतलीलाई मानक बनाएर कोरेको रोमान्टिक गीत “आज मलाई पुतलीले” को रेकडिंग भएको छ । नेपाली संगीतका अग्रणी संगीत संयोजक शुभ बहादुर सुनामले तयार पारेको मिठो संगीतमा राजेश कुमार श्रेष्ठको मधुर संगीत संयोजन सुन्न सकिन्छ । नव गायिका आरती थापाले आवाज दिएको यो गीत उनको गला सुहाउदो देखिन्छ । पुतलीसडक स्थित म्युजिक पार्कमा आज रेकडिंग समाप्त भएको यो गीत अब केहि दिनमै श्रोता समक्ष आउने छ ।

आज मलाई पुतलीले बाटो छेक्यो किन
चाहान्छ कि कठैवर चोखो प्रित दिन

यस्ता गहकिला पक्तिहरु समावेस यो गीतमा कवि मंजुलले सरल शब्द संयोजन गरेका छन् भने शुभबहादुरले सरल मेलोडी बनाएका छन् । सबैले गुनगुनाउन सक्ने खालको गीत बनेको छ । यस अधि छिटफुट केहि गीत गाएर गायनमा देखापरेकी आरतीको स्वर पनि यो गीतमा खुलेको छ ।