मिस नेपालको ताज शृङ्खला खतिवडालाई

      काठमाडौं : सन् २०१८ को मिस नेपाल वर्ल्डको उपाधि शृङखला खतिवडाले जितेकी छिन् । २४ प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेपालको उपाधि हेटौंडाकी खतिवडाले जितेकी हुन् । उनलाई गत वर्षकी मिस नेपाल वर्ल्ड निकिता चण्डकले क्राउन लगाइदिइन् । मिस नेपालको ताज पहिरिएकी उनले ‘मिस वर्ल्डमा प्रतिनिधित्व गर्नेछिन् ।

                                                                          सँगै मिस नेपाल यूनिभर्सको उपाधि मनिता देवकोटाले जितेकी छिन् । मिस नेपाल अर्थको उपाधि प्रिया सिग्देलले हात पारेकी छिन् । त्यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि रोनाली अमात्यले जितेकी छिन् ।

बुधबार राति सम्पन्न मिस नेपाल २०१८को निर्णायकमा सुनिल शाक्य, भावना घिमिरे, रवीन्द्र मिश्र, अशिष्मा नकर्मी, श्रीहर राना, प्रतिष्ठा अमात्य बिष्ट, दीपक बिष्ट, निकिता पौडेल, इभाना मानन्धर र राजुविक्रम शाह थिए ।

द हिडेन ट्रेजरले आयोजना गरेको मिस नेपालको फाइनल प्रतिस्पर्धा राजधानीको अन्नपूर्ण होटलमा भएको थियो ।

           कसले कुन विधामा उपाधि जिते  

  • मिस नेपाल वर्ल्ड-शृंखला खतिवडा (हेटौडा)
  • मिस नेपाल यूनिभर्स – मनिता देवकाेटा
  • मिस नेपाल अर्थ – प्रिया सिग्देल (काठमाडौं)
  • मिस नेपाल इन्टरनेशनल -रोनाली अमात्य (काठमाडौं)
  • मिस ब्यूटी- प्रिया सिग्देल (काठमाडौं)
  • मिस ट्यालेन्ट- रोनाली अमात्य (काठमाडौं)
  • पपुलर च्वाइस-शृंखला खतिवडा (हेटौडा)
  • मिस ग्लामर- मनिता देवकोटा (गोरखा)
  • मिस फ्यासिनो- शृंखला खतिवडा (हेटौडा)
  • मिस कन्फिडेन्स- आस्था शाख  (भक्तपुर)