सूर्य मगरको नेतृत्व संगीत उद्योग संघ

       काठमाडौं । नेपाल संगीत उद्योग संघमा सूर्य मगरको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् । संघको १८ औं वार्षिक साधरणसभाको अवसरमा भएको उक्त चुनावी सभामा संघको सम्पूर्ण पदमा दिइएको उम्मेदवारीमा कसैको पनि दाबी विरोध नपरेकोले ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित हुन पुगेको हो ।                                                                                                                       अध्यक्षमा सूर्य मगर निर्वाचित भएका छन् भने उपाध्यक्षमा लक्ष्मण हुमागाईं निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा खगेन्द्र याक्सो, सचिवमा उमेश गुरुङ र कोषाध्यक्षमा मेघराज मग्राती निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा हरिमाया गुरुङ, रुकमान लिम्बू, नवराज जंग थापा, ललिता के.सी., लीला बुढाथोकी र जित बहादुर राउत रहेका छन् ।
राष्ट्रियसभा सदस्य गायिका कोमल वलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा उद्योग वाणिज्य संघका सुनिल श्रेष्ठ, संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष, रोयल्टी अनुगमन समितिका संयोजक महेश खड्का, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष चन्द्र शर्मा, गीतकार संघ नेपालका उपाध्यक्ष भरत बमजन लगायतले शुभकामना मन्तव्य दिएका थिए ।कार्यक्रममा प्रमुख अतिथि गायिका वलीले संसदमा भएको मेरो प्रतिनिधि समग्र संगीत उद्योगको रहेको बताएकी थिइन् । वलीले अब बन्ने समृद्ध उद्योगमा गीतसंगीतको क्षेत्रलाई पनि समृद्ध बनाउन आफूले सकेको पहल गर्ने बताउँदै निर्वाचित कार्यसमितिलाई शुभकामना एवं बधाई दिएकी थिइन् ।
त्यसैगरी उद्योग संघका निर्वाचित अध्यक्ष सूर्य मगरले गोपाल योञ्जनबाट सुरु भएको उद्योग संघको इतिहासलाई उचाइमा पु¥याउन र समग्र गीतसंगीत क्षेत्रको प्रतिनिधित्व गर्दै हक अधिकारका स्थापित गर्न आफू तत्पर रहने बताएका थिए ।