महक-२ एल्बमको अर्को म्युजिक भिडियो श्रोता समक्ष

नेपाली पार्श्व गायनमा राम्रो सफलता पाएका प्रहलाद तिमलसिनाले निकै लामो समयको अन्तरालमा श्रोता समक्ष सार्वजनिक गरेको महक-२ एल्बमको अर्को म्युजिक भिडियो श्रोता समक्ष ल्याएका छन् । मिठो स्वर र राम्रो रोमान्टिक पल भिडियोमा देखाईएकाले गीत सफल हुने कुरामा आशा राख्न सकिन्छ ।’ हिउ सरी’ वोलको यो गीत अभिनेताको रुपमा कुनै समयमा राम्रै ख्याति कमाएका जीवन लुईटेलको शब्द र लोकप्रिय संगीतकार सुरेश अधिकारीको संगीतमा बनाईएको छ । गीत सुन्दा मन नै बेग्लै संसारमा पुगेको अनुभूति हुन्छ । पुष्प खड्का र सुमी मोक्तानको राम्रो आकर्षक अभिनय , राम्रो लोकेशनले पनि गीतलाई अझ गहन बनाएको छ । उत्तम हुमागाईको क्यामरा , प्रकाश तुलाधरको सम्पादन , रहेको यो भिडियो हरि हुमागाईको निर्देशनमा तयार भएको हो ।