अविरल यात्रा २०७५ मा गायिका ज्ञानु राणा, रु एक लाखको नगद सम्मान

वि.सं २०५२ सालदेखि मिस नेपाल प्रतियोगिता गर्दै आईरहेको दि हिडन ट्रेजरले यसपालीको अविरल यात्रामा गायिका ज्ञानु राणालाई प्रस्तुत गर्दै नगद एक लाख प्रदान गर्दै सम्मान अर्पण गर्ने भएको छ । संगीतकार राजु सिंहको परिचालनमा अविरल यात्राको तेस्रो संस्करणमा ज्ञानु राणाका स्वरमा सार्वजनिक भएका अन्दाजी २ सय गीतहरु मध्ये लोकप्रियता पाएका १४ गीतलाई समारोहमा प्रस्तुत गरिदैछ ।

केहि गीत सम्मानित व्यक्तित्व राणाकै स्वरमा गुन्जिने छन् भने केहि गीतमा गायकहरु महेन्द्रप्रेम श्रेष्ठ ,सुरजकुमार थापा र विकासजंग राणाको साथमा गायिकाहरु प्राश्ना शाक्य सरिता शाही र मिना निरौलाको प्रस्तुति रहने छ । माघ २२ गते प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा अर्केस्टा सहित आयोजना हुने यस कार्यक्रमलाई रुसलानले प्रायोजन गर्ने भएको छ ।

स्वर , संगीत र गायनमार्फत नेपाली संगीतमा अटुट योगदान पुर्याएर इतिहास बनाएका स्रष्टाहरुलाई जीवनकालमै सम्मान गर्ने संस्कृतिको विकासका लागि अनि पुराना सर्जकलाई नयॉ पुस्तासंग जोड्ने उद्देश्यवाट अविरल यात्रा आयोजना गरिएको कुरा दि हिडेन ट्रेजरका प्रमुख गोपाल सुन्दरलाल कक्षपतिले बताएका छन् । यसभन्दा अधिका संस्करणमा गीतकार यादब खरेल र संगीतकार दिपक जंगम प्रस्तुत तथा सम्मानित भैसकेका छन् ।