गायनमा लसताको पुनरागमन

विक्रमको चालिसकै दशकदेखि गायनमा देखापरेकी वरिष्ठ गायक द्वारिकालाल जोशी र गायिका तथा नृत्यांगना नगीना जोशीकी सुपुत्री लसता जोशीले फेरि नेपाली गायनमा पुनरागमन गर्दै छिन् । आफ्नै पिताको पुराना गीतहरुलाई रिमिक्स गरेर ६० को दशकमा ‘ द्वारिकालाल रिवर्थ एज लसता’ नामक एल्बम बनाएर राम्रै लोकप्रियता पाएकी लसताको अन्य दुई एल्बम लसता र आरोहण पनि प्रकाशित छन् । ६० को दशकमा उनका दुई रिमिक्स गीत हिट थिए – बाधा परुन जति नै र रेशम फिरिरि रेशम फिरिरि

स्टेज प्रर्फमरको रुपमा क्रियाशील रहेता पनि उनी लामो समयदेखि रेकडिंग गायनबाट ढाढा रहेकी थिईन । तर अब फेरि गायनमा आउने जमर्को स्वरुप आफ्नो  पुरानै गीतको भिडियो सार्वजनिक गर्ने तयारीमा छिन् । गायन र संगीत उनको आफ्नै रहेको यो गीतमा निराजन भण्डारीको शब्द रहेको छ ।

मिठो मिठो साथ यो स्पर्श ताराहरुको माँझ 

 अंगालोमा बाधि थियौ हर्ष आईरहन्छ याद

यो गीतमा म्युजिक भिडियो पनि बनिसकेको छ । भिडियोमा गायिका बबिता मानन्धरको निर्देशन रहेको छ । गायिका मानन्धरले निक्कै मिहेनत गरेर भिडियो बनाएकी छिन् ।भिडियोमा गायिका लसता  देखिएकी छिन्  निर्देशक बबिताले पनि उनले राम्रो पर्फर्मेन्स गरेको बताएकी छिन् ।लसतालाई यसमा प्रभाकरले साथ दिएका छन् ।यसपालीको भ्यालेनटाईन डेबाट यो गीत र भिडियो सार्वजनिक हुनेछ ।

मोहित मुनालको संगीत संयोजनमा तयार भएको यो गीतको भिडियोमा सोहन मानन्धरको संपादन तथा छायॉकंन रहेको छ । ◦ वाल्यकालदेखि नै गायनमा संक्रिय लसताले प्रारम्भमा चोट, तिलहरी ,महादेवी लगायतका चलचित्रमा बालस्वर पनि दिएकी थिईन । जिंगल पनि गायकी थिईन । नेवारी ,नेपाली गीतमा पनि प्रसस्त स्वर दिएकी थिईन । विशेषगरी होटल गायनमा उनलाई अत्यधिक रुचाईएको छ ।

बिदेशमा पनि लामो समय रहेर आफ्नो गायनलाई निरन्तरता दिदै आएकी थिईन । पहिलेकी लसता र अहिलेकी लसतामा निक्कै भिन्नता देखिन्छ । सदाबहार सुन्दरी गायिकाको उपमाको साथमा अहिले उनको स्वर अझ परिस्कृत भएको छ । संगीतको साधनाले उनी माझिएकी छिन् ।  भिडियो सहित सार्वजनिक हुन लागेको यो गीत २०६६ सालमा प्रकाशित एल्बम आरोहणमा समावेश गीत हो । गीत पुरानो भए पनि लसताको जोश जागर भने नयॉ छ । गायनमा निरन्तरता दिने हो भने लसता जम्ने संभाबना बोकेकी गायिका हुन्।