जन्मदिन पारेर गायिका मिलनको चौथो एल्बम “मिलनयात्रा” सार्वजनिक

लोकप्रिय गायिका मिलन नेवारले आज एक समारोह बिच जन्मदिन पारेर आफ्नो गायनयात्राको चौथो एल्बम “मिलन यात्रा” सार्वजनिक गरेकी छिन् । प्रमुख अतिथि गृहमन्त्रि राम बहादुर थापा ‘बादल’ को उपस्थितिमा सम्पन्न समारोहमा वरिष्ठ गायक दिप श्रेष्ठ,वरिष्ठ गीतकार राजेन्द्र थापा ,संगीतकार शक्ति बल्लभ ,गायिका मिलनका माता पिता अम्बिका नेवार र गणेश नेवार लगायतका अन्य अतिथिहरुको हातबाट एल्बम विमोचन गरिएको थियो ।

विमोचित एल्बम “मिलन यात्रा” मा सातवटा गीतहरु छन् । गीतकार योगेन्द्रमणि दाहाल र संगीतकार राजु सिंहको एकल रचना र संगीतमा तयार भएको यो एल्बम लगायत उनको गायनकर्मबाट प्राप्त आम्दानीको २०% समाजसेवा मा पनि लगाउने उदधोश पनि मिलनले गरेकी छिन् ।देशको एक ज़िम्मेवार नागरिकको हैसियतले मिलन च्यारिटी फाउनण्डेसन नामक संस्थाबाट “गायन समाजका लागि” भन्ने नारा मार्फत् समाजसेवा मा लागिपर्ने उनको सोच रहेको कुरा समारोहमा जानकारी गराईएको थियो ।

प्रारम्भिक चरणमा मिलनले आफ्नो सहायता “शहिद स्मृति आवासिय माध्यमिक विद्यालय” इटहरीमा केन्द्रित गर्ने छिन् । सधन अभाब , आवस्यकता र विभेदको सहयोगीको रुपमा भुमिका खेल्ने मिलनको सोच देखिन्छ।समारोहमा विधिवत रुपमा उनको च्यारिटी प्रारम्भ भएको जानकारी गराईएको थियो । कार्यक्रममा मिलनले “नेपाल नरहे नेपाली” वोलको गीत प्रत्यक्ष गायकी थिईन भने आगामी एल्बमको एउटा गीतको म्युजिक भिडियो पनि देखाईएको थियो ।

राजेश पुमा राईको निर्देशनमा तयार भएको भिडियोमा मिलन र कमल खत्रीले अभिनय गरेका थिए । गीत पनि उनीहरुकै स्वरमा थियो । गीत रचना भने मिलन नेवारको । आजैबाट मिलनलाई गीतकारको रुपमा पनि नेपाली संगीत वृत्तले चिन्ने मौका पायो । कार्यक्रममा आमंत्रित अतिथीहरुले मिलनको गायन पक्षमा निक्कै राम्रो धारणा राखेका थिए।