नव गायक रविन बर्तौलाको ‘फन्दा’

पॉचवटा गीत समावेश गरेर नव गायक रविन बर्तौलाले ‘फन्दा’ नामक एल्बम निकालेर नेपाली गायनमा डेव्यु गरेका छन् । दिपक शर्मा , हरि लम्साल,राजु सिंह र राज शुक्र लिम्बुले संगीत गरेको यो एल्बममा अरुण तिवारी, स्नेह लता अर्याल, सुजन सुवेदी र इसा लिम्बुको शब्द रचना छ । एउटा गीतमा गायक रविनकै संगीत पनि देखिन्छ।

एल्बममा समावेस ‘एक मानेको दही’ बोलको अरुण तिवारी लिखित गीतको म्युजिक भिडियो पनि बनेको छ । लोक आधुनिक शैलीको यो गीतको भिडियो पनि लोक शैलीकै छ । नृत्य संयोजन मिलेको छ । नाचु नाचु लाग्ने यो टिपीकल गीतमा गायक पनि खुलेका छन् ।

सन्दिप कार्कीढलीले पनि राम्रो संगीत संयोजन गरेका छन् । गम्भिर विष्ट र मरिष्का पोखरेलले राम्रो नृत्य गीतमा देखाएका छन् । बाबु श्रेष्ठको छायॉकन , नविन निरौलाको सम्पादन ,सुवोल थापाको कोरियोग्राफी र गम्भिर विष्टको निर्देशनमा तयार भएको भिडियो आकर्षक र खर्चिलो देखिन्छ । गीत अनुसारको भिडियो भएकाले गीत क्रमश : लेकप्रिय बन्दै गएको छ।