संगीतकार मनराजा नकर्मीको एकल गायन सम्पन्न

निकै लामो समयदेखि नेपाल गीतसंगीतको सेवामा समर्पित संगीतकर्मी मनराजा नकर्मीको संगीतमा बनेका नेपाली तथा नेवारी गीतको लाईभ गायन काठमाडौमा सम्पन्न भएको छ । तालवादनमा पनि संक्रिय मनराजालाई यो कार्यक्रममा मदनकृष्ण श्रेष्ठ, संगीता प्रधान, कुन्ति मोक्तान , धनबहादुर गोपाली, जुजुकाजी रन्जित, स्वयम्भुराज शाक्य,निशा देशार,टिका प्रसाई, संगीतशाक्य ,यम बराल,आनन्द कार्की, विश्व नेपाली, दिपक लिम्बु, सन्तोष लामा, रमना श्रेष्ठ, रत्नशोभा महर्जन , रामचन्द्र काफ्ले, सरिता शाही, मेनुका पौडेल र प्रकाश तिमल्सिनाले गायनमा साथ दिएका थिए ।

दिनेशराज रेग्मीको संयोजनमा २० जाना बाध्यबादकहरुको अर्केष्टा बनाईएको थियो ।उक्त कार्यक्रममा दुर्गालाल श्रेष्ठ, भीमबहादुर नकर्मी ,डा. रीमबिक्रम सिजापती,डा. कृष्णहरि बराल , नातिबज्र, केशब राजभण्डारी,सुरेन्द्र राना,सुरेशकुमार कार्की,डा.दीर्धसिंह बम,आनन्दरत्न बज्राचार्य,डा.सुनलाल थापा,हेमन्त विवस,राजकुमार श्रेष्ठ,निर्मलरत्न शाक्य,रमेश गाउले,देवदत्त भट्ट र तुलसीमहर्जनका रचनाहरु गायनमा समावेश गरिएको थियो । कार्यक्रममा मनराजाकै गीतमा अशिष्मा नकर्मीको साथमा अन्य कलाकारहरुले नृत्य पनि देखाएका थिए।कार्यक्रम नेपाल मण्डल टेलिभिजनको आयोजना तथा व्यवस्थापनमा सम्पन्न भएको थियो ।सयौ संगीतकर्मी र दर्शकको उपस्थितीले कार्यक्रमलाई विंशेष बनाएको थियो ।