शिशिर राणाको निर्देशनमा’कुम जोडी नाचौं’ भिडियो सार्वजनिक

कलाकार शिशिर राणा को निर्देशनमा ‘कुम जोडी नाचौं लाग्यो’ गीत सार्वजनिक भएको छ । संचारकर्मी तथा गायक किशन रेग्मी र गायिका रेस्मा केसीको र शिव शर्मा चञ्चलको शब्द, यस जी योगीको संगीतमा रहेको कुम जोडी नाचौं गीत सञ्चारकर्मी किशन रेग्मी र गायिका रेश्मा केसीको आवाजमा युएस मिडिया नेटवर्कको युटुव च्यानल मार्फत भिडियो सहित सार्वजनिक भएको हो ।

हाल अमेरिकामा रहँदै आएका सञ्चारकर्मी तथा गायक किसन रेग्मीको कुम जोडी गीत कलाकार तथा निर्देशक राणाले निर्देशन गरेको पहिलो म्युजिक भिडियो हो । जसमा निकोलस अर्याल र एन्जल श्रेष्ठको अभिनय रहेको छ भने छायांकन शिव ढकालको रहेको छ । अमेरिकाबाट सञ्चालित युएस खबर डटकमका सञ्चालक समेत रहेका किशन रेग्मीको यस अघिको कान्छी हे कान्छी गीतलाई पनि स्रोता दर्शकले अत्याधिक रुचाएका थिए । नेपाल रहँदा दाङको रेडियो मध्यपश्चिम र स्वर्गद्वारी एफ एममा लामो समय काम गरेका गायक किशन रेग्मी दाङ चलचित्र पत्रकार महासंघका संस्थापक अध्यक्ष समेत हुन् ।