सुपर प्लस साईज मोडल नेपाल,२०१९ सिजन-२

ओमानियाको प्रस्तुतीमा शारीरिक वजन बढी भएका महिलाहरुको लागि मोडल सङस नेपालले आयोजना गरेको सौन्दर्य प्रतियोगिताको ग्रान्ड फिनाले यहि माघ २५ गते राष्ट्रिय नाचघरमा हुँदैछ।
यस सौन्दर्य प्रतियोगितामा प्लस साइज (मोटोपन) भएर निराश भएर बसेका, सौन्दर्य र क्षमता भएर पनि सधै पछि परेका अनि आफ्नो मोटोपनले गर्दा आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरुलाई लक्षित गर्दै उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता अभिवृद्दि गरी समाजमा सकारात्मक संदेश फैलाउने उद्देश्यले यस प्रतियोगिताको आयोजना गर्न लागिएको प्रतियोगीताको कोरियोग्राफर सपना राईले जानकारी दिइन ।सपना अधिल्लो सिजनकी बिजेता पनि हुन ।


प्रशिक्षणको क्रममा प्रतिस्पर्धीहरुलाई शारारिक फिटनेश ,फोटो सेसन, व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिईएको छ । विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै,स्मृती वाल आश्रम , कल्चरल भिजीट र स्टेज पर्फमेन्स क्याटवाक सम्वन्धी बिभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । ‘सौन्दर्य प्रतियोगिताले अबिवाहित र पातलो शारिरीक बनावट भएकालाई मात्र स्थान दिदै आएको अवस्थामा हाम्रो उदेश्य शारिरीक रुपमा मोटा र विवाहित महिलालाई पनि मञ्च दिनु हो’ कोरियोग्राफर सपना राईले जानकारी दिइन ।


प्रतियोगिताको विजेताले नगद रु।५०,००० को साथै बिभिन्न गिफ्ट ह्याम्पर सहित नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै अन्तराष्ट्रीय सौन्दर्य प्रतियोगिता टप अफ द वर्ल्ड प्लस साईज,२०१९ मा सहभागिता जनाउन पाउनेछन। प्रथम विजेताले रु ३०,००० को साथै बिभिन्न गिफ्ट ह्याम्पर सहित नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रीय सौन्दर्य प्रतियोगिता वर्ल्ड टप प्लस साईज ,२०१९ मा सहभागिता जनाउन पाउनेछन तथा दोश्रो विजेताले रु २०,००० सहित बिभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले बताएका छन ।यहाँ सहभागी सबै प्रतियोगीको फोटो प्रस्तुत गरिएको छ ।