सुर- साधनामा राधिका भण्डारी

सांस्कृतिक संस्थानद्वारा प्रत्येक महिनाको अन्तिम बिहीबार आयोजना हुदै आएको सुर- साधनामा यसपटकको आठौ शृंखलामा गायिका राधिका भण्डारीको गायन प्रस्तुत गरियो । बिगत डेढ दशकदेखि नेपाली गायनमा क्रियाशील रहदै गायन संगीत प्रशिक्षणमा दत्तचित्त गायिका राधिकाले कार्यक्रममा एक दर्जन गीत प्रस्तुत गरेकी थिईन ।कार्यक्रममा गीतमा अनुरागी र विज्ञहरुको उपस्थिती रहेको थियो । राधिकाले आफ्नो गायन शास्त्रिय संगीतबाट प्रारम्भ गरेर भजन आधुनिक गीतहरु गायकी थिईन । निक्कै राम्रो प्रस्तुति थियो उनको । राग श्याम कल्याण गायन मा उनी निक्कै खुलेकी थिईन ।