उत्कृष्ट बिदेशी कथाको नेपाली अनुवाद संग्रह “ प्रारम्भ”

पत्रकारिता र साहित्यकारितामा आवद्ध रहेर निकै लामो समयदेखि आफ्नो क्रियाशिलता देखाउदै आएका काठमाडौ टोखाका हिक्मत डंगोल अहिले “ प्रारम्भ “ नामक अनुदित कथा संग्रह लिएर पाठक समक्ष आएका छन् ।हिमालय बुक स्टलले प्रकाशन गरेको यो पुस्तकमा भी. एस. नयपाल , एडगर एलन पो,रिचर्ड दि अव्रेसिया, विलिम्म्यम वाइमार्क जेकव,गाय दि मोपासॉ एन्टोन चेखब,चिनुवा आचेव,क्याथिरन म्यान्सिफल्डका नौ कथाहरु संग्रहित छ। निकै पुराना कथाहरु समावेश यो संग्रह पुरानो समाज र चालचलन बुझ्न अत्यन्त उपयोगी देखिन्छ ।