बी डिभिजन लिग : आरसीटी र पुल्चोकको विजयी

शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिगता रानी पोखरी कर्नर टिम (आरसीटी) र पुलचोक स्पोर्टस् क्लबले विजयी शुरुआत गरेको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आरसीटीले नयाँबस्ती युथ क्लबलाई ३-१ गोलअन्तरले पराजित गरेको हो । आरसीटीको जितमा सन्सार नन्द पलान्चोकेले दुई र पुकार आलेमगरले एक गोल गरे । यता नयाँ बस्तीका लागि शनी कुमार चौधरीले एक गोल गरेका थिए । खेलको दोस्रो मिनेटमा नै लिएको अग्रतालाई उल्ट्याउँदै आरसीटीले जित हात पारेको हो । त्यस्तै, आजै भएको अर्को खेलमा पोल्चोक स्पोर्टस् क्लबले बाँसबारी क्लबलाई ३-१ गोलअन्तरले पराजित गरेको छ । बी डिभिजनको विजेताले नगद आठ लाखसहित ट्रफि हात पार्ने छ । त्यस्तै, उपविजेता बन्ने टिमले पाँच लाख नगद प्राप्त गर्ने छ । त्यस्तै, तेस्रो हुनेले तीन लाख र चौथो हुनले दुई लाख नगद प्राप्त गर्ने छ ।