हिरो गोल्डकप महिला फुटबल:नेपाल म्यानमारसँग पराजित

नेपालले हारबाट भारतको भुवनेश्वरमा सुरु भएको हिरो गोल्ड कप महिला फुटबल च्याम्पियनसिपको सुरुवात गरेको छ । झन्डै चार महिना अघि ओलम्पिकको दोस्रो चरणका लागि छनोट भएको नेपाली टोली शनिबार हिरो कपको पहिलो खेलमा म्यानमारसँग ३–० सँग पराजित भएको छ ।

नेपालले ओलम्पिक छनोटमा त्यहि टोलीसँग १–१ को बराबरी खेलेको थियो । शनिबार पहिलो हाफमा १–० ले पछि परेको नेपाली टोलीले दोस्रो हाफमा थप २ गोलको सामना गरेको थियो । नेपालले ५२ औं र ७७ औं मिनेटमा गोल खाएको थियो । फिफा वरियतामा आफुभन्दा निकै माथि रहेको नेपालले यो प्रतियोगितालाई अर्को महिना स्वदेशमा आयोजना हुने साफ च्याम्प्यिनसिपको तयारीमा लिएको छ ।

नेपालको महिला टोलीको फिफा वरियता १ सय आठौं स्थानमा छ । म्यानमार भने फिफा वरियतामा ४४ औं स्थानमा छ । नेपालसहित आयोजक भारत, म्यानमार र इरानले हिरो कपमा प्रतिस्पर्धा गरिरहेका छन् । आजै अर्को खेलमा भारत र इरानबीच प्रतिस्पर्धा हुनेछ । नेपालले दोस्रो खेल सोमबार आयोजक भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
  तस्बिर सौजन्य : अखिल नेपाल फुटबल संघ (एन्फा)