महिला रेस्लिंग सानदार रुपमा सम्पन्न

नेपालमा महिला रेस्लिंगवाई संस्थागत विकास र विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको नेपाल महिला रेस्लिंग फ़ाउन्डेशनले तेस्रो पटक आयोजना गरेको प्रतियोगितामत्क भिडन्त आज सानदार रुपमा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष भगवती खड्का युनिकाको सभापत्तित्वमा सम्पन्न यो कार्यक्रममा दर्शकहरुको विशेष उपस्थिती रहेको थियो ।

संचारकर्मी र खेलप्रेमीको राम्रो उपस्थिती रहेको कार्यक्रममा नेपाली मुलका बिदेशी पाहुनाहरुको पनि उपस्थिती थियो । पार्कर दिनेश सुवेदीको बिशेष प्रस्तुतिबाट प्रारम्भ भएको यो प्रतियोगितामा दुइ प्रकारको भिडन्त प्रस्तुत गरिएको थियो। रोयल रन्डाल भिडन्तमा ६ जाना रेस्लरहरु एकैसाथ भिडेका थिए । लक्ष्मी धर्तीमगर,जमुना तामांग,आकृति पुन,भगवती माझी,अस्मिता सुनार जुरेली र भगबती खड्का युनिका विच गरमा गरम भिडन्त भएको थियो । ६ प्रतिस्पर्धिको यो भिडन्तमा भगवती माझी बिजयी भएकी थिईन ।

व्यक्तिगत भिडन्ततर्फ दुई खेल सम्पन्न भएका थिए । पहिलो खेल लक्ष्मी धर्तीमगर र अस्मिता जुरेली बिच भएको थियो । लम्मीले अस्मितालाई जरो चुनौति दिएता पनि अन्ततः अस्मिता नै बिजयी भएकी थिइन ।दोस्रो खेल जमुना तामांग र आकृति पुन बीच भएको थियो । यो रोचक भिडन्तमा आकृति पुन बिजयी भएकी थिइन ।

समारोहमा प्रस्तोता अमृता रेग्मीले बिभिन्न गीत गाएर मनोरन्जन दिएकी थिईन ।कार्यक्रममा अतिथीको रुपमा उपस्थित भएर एन बी टन्डन र रामचन्द्र ढकालले भविष्यमा रेस्लिंग खेलको विकास र बिस्तारमा योगदान दिने बताएका थिए ।एन बी टन्डनले १ लाख ५ हजार फाउन्डेसनलाई दिने घोषणा पनि समारोह गरेका थिए । रेफ्री गुणराज रुचालले संचालन गरेको भिडन्तले थुप्रै महिलालाई आकर्षित गरेको थियो ।