बी डिभिजनलिग:भगवतीको जित सातदोबाटो र ब्वाइज युनियन बराबरीमा

श्री भगवती क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा खुमलटार युवा क्लबमाथि फराकिलो जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा श्री भगवती क्लबले खुमलटार युवा क्लबलाई ५–० गोलअन्तरले पराजित गरेको हो 

४४ मिनेटमा खुमलटारका सन्जोक चाम्लिङले आफ्नै पोष्टमा गोल गर्न पुगे । योसँगै श्री भवगतीले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा भने श्री भगवतीले चार गोल गर्दै फराकिलो अन्तरले जित हात पारेको हो ।

४९ मिनेटमा दर्शन गुरुङले गोल गर्दा ५७ मिनेटमा राना मगरले गोल गर्दै श्री भगवतीलाई ३–० गोलको अग्रता दिलाए । त्यस्तै, ७५ मिनेटमा अन्जेस लामा र ८३ मिनेटमा कार्लोस बखरियाले गोल गर्दै ५–० गोलको जित दिलाए ।

आजै भएको अर्को खेलमा भने सातदोबाटो युथ क्लबले ब्वाइज युनियन क्लबसँग १–१ गोलको बराबरी खेलेको छ ।