जस्तो नाम त्यस्तै स्वर


नेपाली गायनमा पछिल्लो समयमा देखापरेकी मिठो स्वरकी गायिका हुन् सुशिला पाठक । ‘सप्तरंगी’ एल्बम लिएर नेपाली गायनमा देखापरेकी सुशिलाले आफूलाई प्रारम्भ मै गतिलो गायिकाको रुपमा प्रस्तुत गरेकी छिन् ।
सानै उमेर देखिनै आफूलाई गायनसँगै नजिक राख्दै आएकी सुशिलाको अबको दिनचर्या पुरै संगीतमय बनिसकेको छ । सधै संगीतमै रमाउँछिन् । संगीत प्रशिक्षण, अभ्यास, रेकडिङ्ग, सांगीतिक कार्यक्रममा उनको व्यस्तता बढिरहेको छ । सबै प्रकारको गीतमा आफूलाई फिट बनाएकी छिन् । उनलाई कस्तो प्रकारको गीतमा श्रोताले रुचाउने हुन् ? त्यो हेर्न बाँकी छ ।
संगीतप्रतिको उनको लगाव प्रशंसा योग्य छ । संगीतमै आफ्नो भविष्य चम्काउन लागि परेकी छिन् । शिलाबहादुर मोक्तान र मनोजराजसंग प्रशिक्षण लिदै आएकी छिन् । आफ्नो स्वरलाई हर तरहले सबै प्रकारका गीतमा फिट बनाएकी छिन् । रातारात हिट भइन् भने आश्चर्य नमाने हुन्छ । राम्रो गीत र संगीत पाइन भने यिनी जनताको प्रिय गायिका पक्कै ब
झापा शरणामती कन्काईकी स्थायी बासिन्दा सुशिला विगत ५ वर्षदेखि संगीतसंग निकट सम्बन्ध राख्दै आएकी छिन.। फरासिलो मिजासिलो स्वभावको कारण जो कोहीले यिनलाई पहिलो भेटमै मनपराई हाल्छन् । सानैदेखि गीत गाउन र नाच्न भनेपछि हुरुक्कै हुने बानीले अहिले यिनलाई गायिका बनाएको छ । २०७४ सालबाट यिनी औपचारिक रुपमा गायनमा देखापरेकी छिन् । एकल एल्बम ‘सप्तरंगी’मार्फत ।
अग्लो कद, आकर्षक शारीरिक बनावट तथा सुन्दर मुहारले उनको व्यक्तित्वमा चमक दिएको छ । कुनै हिरोइनभन्दा कम देखिन्न । काठमाडौंलाई कर्मथलो बनाई सांगीतिक क्षेत्रमा संघर्षरत सुशिला सामाजिक काममा पनि रुचि राख्छिन् । दैवी विपत्तिमा परेकालाई आफु सक्दो सहयोग गरिरहेकी छिन् । सामाजिक कामकै लागि ब्रिटिस गोर्खा नेप्लिज काउन्सिलमा आवद्ध पनि छिन् ।
वि.सं. २०५० साल फागुन १३ गते जन्मेकी सुशिला परिवारकी कान्छी छोरी हुन् । परिवारमा उनको आगमन पश्चात नै धेरै शुभ कार्यहरु उपलब्धीहरु हासिल भएको कुरा उनको पारिवारिक सुत्रले बताएको छ । उनी लच्छिनको प्रतिक रहेको पिता मेदिनी प्रसाद पाठक र माता चन्द्रदेवी पाठक ले बताएका छन् । नेपाली गायनमा ‘मेरो दिलको राजा पाए’ बोलको गीत रेकर्ड गराएर वि.सं. २०७२ सालमा विधिवत् रुमपा होमिएकी सुशिलाले सर्वप्रथम विष्णु गुरुङको शब्द र मनोजराजको संगीतमा गाएकी थिइन् । एल्बम सार्वजनिक पश्चात सुशिलाको स्वर नेपाली श्रोताले पारख गर्न पाएका छन् । विभिन्न गीतकार र संगीतकारहरुको कलेक्सन एल्बममा गाउने मौका पाएकी छिन् । परिवार साथीसंगी र मिडियाबाट राम्रो समर्थन पाएकाले उत्साहित पनि छिन् ।