पिंकाथनमा कान्छीमाया को ह्याट्रिक

कान्छीमाया कोजुले काठमाडौं पिंकाथनमा ह्याट्रिक उपाधि जितिन् । काठमाडौंमा शनिबार भएको तेस्रो संस्करणको उपाधि रक्षा गर्दै कान्छीले पिंकाथनको उपाधिमा ह्याट्रिक गरेको हो । 
यसअघिका दुई प्रतियोगितामा पनि कान्छीमायाले नै उपाधि जितेकी थिइन् । एपीएफकी धाविका कान्छीमायाले निर्धारित दूरी १ घण्टा २१ मिनेट ४४ सेकेन्डमा सकाइन् । यो स्पर्धामा नेपाल प्रहरीकी राजपूरा पछाई दोस्रो भईन् । एपीएफकी पुष्पा भण्डारी तेस्रो भईन् । प्रथम हुनेले ५१ हजार नगद पुरस्कार जित्दा दोस्रो हुनेले ३१ हजार तथा तेस्रो हुनेले २१ हजार नगद पुरस्कार हात पारे ।
यसैगरी १० किलोमिटरतर्फ एपीएफकी सन्तोषी श्रेष्ठ प्रथम हुँदा चन्द्रा राउत दोस्रो तथा सरस्वती कठायत तेस्रो भए । यो स्पर्धाका विजेताले ३१ हजार, दोस्रो हुनेले २१ हजार तथा तेस्रो हुनेले ११ हजार नगद पुरस्कार हात पारे । ५ किलोमिटरतर्फ सामना कार्कीले प्रथम हुँदै ११ हजार नगद पुरस्कार जितिन् । यसैगरी फूलमती राना दोस्रो भईन् भने काजल विष्ट तेस्रो भईन् ।

स्पर्धामा नेपाल प्रहरीकी राजपूरा पछाई दोस्रो भईन् । एपीएफकी पुष्पा भण्डारी तेस्रो भईन् । हाफ म्याराथनमा प्रथम हुनेले ५१ हजार नगद पुरस्कार जित्दा दोस्रो हुनेले ३१ हजार तथा तेस्रो हुनेले २१ हजार नगद पुरस्कार हात पारे ।
यसैगरी १० किलोमिटरतर्फ एपीएफकी सन्तोषी श्रेष्ठ प्रथम हुँदा चन्द्रा राउत दोस्रो तथा सरस्वती कठायत तेस्रो भए । यो स्पर्धाका विजेताले ३१ हजार, दोस्रो हुनेले २१ हजार तथा तेस्रो हुनेले ११ हजार नगद पुरस्कार हात पारे । ५ किलोमिटरतर्फ सामना कार्कीले प्रथम हुँदै ११ हजार नगद पुरस्कार जितिन् । यसैगरी फूलमती राना दोस्रो भईन् भने काजल विष्ट तेस्रो भईन् ।

३ किलोमिटर दौडमा सानुका थापा प्रथम हुँदा स्वस्तिका श्रेष्ठ दोस्रो तथा प्रतिमा कार्की तेस्रो भए । विजेता खेलाडीलाइ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित बलिउड सुपर मोडल मिलिन्द सोमन, नेपाल ओलम्पिक कमिटीका उपमहासचिव राजिव श्रेष्ठलगायतका अतिथीले पुरस्कृत गरे । 

महिला सशक्तीकरण र स्वास्थ्यप्रति जनचेतना जगाउने उद्देश्यले भारतीय सुपर मोडेल, फिटनेस गुरु तथा बलिउड अभिनेता मिलिन्द सोमनले पिंकाथन अभियान सुरु गरेका हुन् ।

भारतको सबैभन्दा ठूलो महिला दौड प्रतियोगिता पिंकाथन विगत तीन वर्षदेखि नेपालमा पनि भइरहेको छ । लेजर पोर्ट नेपालले यो ईभेन्ट विगत तीन वर्षदेखि गर्दै आएको छ । पिंकाथन काठमाडौंको तेस्रो संस्करणमा झण्डै २५ सय महिला सहभागी भएको आयोजक संस्था लेजर पोर्ट नेपालका प्रबन्ध निर्देशक नमराज जोशीले जानकारी दिए । 

बलिउड सुपर मोडल मिलिन्द सोमनले सुरु गरेको पिंकाथन पछिल्लो समय भारतका विभिन्न ८ शहर तथा नेपालको काठमाडौंमा आयोजना हुँदै आएको छ । आईरन म्यानको उपनामले चिनिने मिलिन्द सोमनको कल्याणकारी संस्था युनाईटेड सिस्टर्स फाउन्डेसनले महिलाका लागि हरेक वर्ष उत्सवकै रुपमा यो कार्यक्रम गर्दै आएको छ ।

यसपटक प्रहरी प्रधान कार्यालय नक्सालमा यो ईभेन्ट आयोजना गरिएको हो । नेपाल प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रमसँगको सहकार्यमा पिंकाथन काठमाडौं सम्पन्न भएको हो । भारतीय सुपर मोडल मिलिन्द सोमनसँगै नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रतियोगिताको उद्घाटन गरेका थिए ।