एनआरएन अमेरिका शाखामा चुनावी सरगर्मी चढ्यो ।

एनआरएन अमेरिकाको आगामी निर्वाचनको लागी आइसीसीको भित्री चलखेल अहिले देखी सुरु हुन थालेकोछ । आगामी अध्यक्षको बलियो प्रत्यासी न्यूयोर्क निवासी सूर्य लम्साललाई टेक्सास निवासी धनाड्य पासाङ लामाले एनआरएन आइसीसीको अध्यक्ष भवन भट्ट र शेष घलेसंग भित्री सहकार्य गरेअनुसार अध्यक्ष भवन भट्टको दाई शिशिर भट्ट अहिले अमेरिकामा विभिन्न संघ संस्थाको अध्यक्षहरू संग भित्री रूपमा आन्तरिक छलफल गरिरहेको बुझिएको छ ।

अध्यक्षमा अघोषित प्रत्यासी सुनील शाहको भोट केन्द्रहरूमा पनि गृहकार्य गरिरहेको विशेष सूत्रबाट समाचार प्राप्त भएको छ ।डाक्टर केशब पौडेलको समर्थन भएपनि सुनिल शाह भन्दा अहिले देखिनै एनआरएन अभियन्ता हरू र लोकप्रिय मतदाताहरूको नज़रमा समर्थन प्राप्त गर्न सूर्य लम्साल सफल भएका छन् । विगतमा एनआरएन अमेरिकाको बोर्डमा रहेर लोकप्रिय कामहरू गरेको कारण शेष घले र भवन भट्टले सूर्य लम्साललाई सधाउने पक्कापक्की गरेको पनि बिशेष सूत्रबाट जानकारी आएको छ।एनआरएनको शेष घलेपछि सबै भन्दा बढि योगदान दिने लोकप्रिय एनआरएन अभियन्ता सोनम लामाले पनि सूर्य लम्साललाई सघाउने अनुमान गरिएको छ ।

एनआरएन अमेरिका बिगत केहि बर्ष देखी नियमित मुद्दा ममिला र झैझगड़ामा मात्र अल्झिएको अवस्था रहेको थियो । हरेक बर्ष सदस्यता निर्वाचन प्रणाली निष्पक्ष नरहेको त कहिले कम्प्यूटरबाट नक्कलि भोट हाल्ने र कहिले बिधानको झमेला झेल्दै आएको थियो यस बर्षदेखी सदस्यता लिनलाई फ़ोटो र आइडि अनिवार्य गरिए पछि निष्पक्ष चुनाव हुने र सक्षम व्यक्तिहरूको हातमा एनआरएन अमेरिकाको जिम्मेवारी जाने देखीएको छ।


८९२२ सदस्य रजिस्टर भई एनआरएन अमेरिकाको २०१९/२०२१ को लागि हुने निर्वाचनको सदस्य लिने समय फेब्रुअरि १५ को रातको १२ बजेबाट सकिएको छ । तीनदिन सम्म सर्बर डाउन भाक़ो भनेर केहि वेबसाइटमा त्रुटि भाको कारणले धेरै सदस्यहरू सदस्य बन्ने अधिकारबाट वंचित भएका छन ।तथापि सर्वरमा ख़राबी भनिए पनि नियतबस सदस्य बन्ने बटमलाई बिगार्ने र खोल्ने गरिएको बिभिन्न आइटी क्षेत्रमा काम गर्ने दक्षहरूले प्रमाणित गरेका छन । दुई पटक आफ्नो मनपरी सदस्य हार्डडिस्कटबाट बनाएर निर्बाचित अध्यक्ष केशब पौडेलको समर्थनमा आगामी चुनावमा अध्यक्षको अघोषित प्रतिनिधी सुनील शाह र डाक्टर केशब पौडेलले सुनियोजित तरिकाले सर्वर बिगारेको अमेरिकामा रहेका नेपालीहरूले अनुमान गरेका छन।

किनकी वेबसाइटको ऐड्मिन पासवर्ड अध्यक्ष केशब पौडेलले सुपरिबेक्षण समितिलाई नदिएको हुनाले यस्तो घटना घटेको हो । १३ फेब्रुअरीका दिन सम्म आफ्नो सदस्य भने ज़स्तो नभाएकाले बिगतमा जस्तै सदस्य बन्ने मिति थप्न यस्तो प्रपोगान्डा रचेता पनि अमेरिकी संघ संस्थाको अगूवाहरूको विरोधको बावजूद बहुमत सदस्यले पनि अध्यक्ष केशब पौडेल र बरिष्ठ ऊपाध्यक्ष सुनील शाह बोर्ड डाइरेक्टर गोपेन्द्र भट्टराईलाई अल्पमतमा पारेक़ो हुनाले सदस्य बन्ने समय थप्ने रणनीति सफल हुन नसकेको जानकारी आएको छ ।