गायिका लसता जोशीको गीत “मिठो मिठो साथ” को भिडियो सार्वजनिक

गायिका लसता जोशीको गीत “मिठो मिठो साथ” को भिडियो सार्वजनिक भएको छ । रोमान्टिक मर्म बोकेको यो गीतलाई भिडियोमा पनि रोमान्टिक नै बनाईएको छ । लसता आफैले अभिनय गरेको भिडियोमा उनको अभिनय तारिफ योग्य छ । कुनै अभिनेत्रीभन्दा कम देखिएकी छैनन उनी ।उनको अदा र स्टाईल गज्जबको छ । अभिनयमा पनि फिट देखिएकी छिन् । लसतालाई यो भिडियोमा प्रभाकरले पनि अभिनयमा साथ दिएका छन् ।

यो भिडियोलाई गायिका बबिता मानन्धरले निर्देशन गरेकी छिन् । गीतको मर्म र भाबलाई पर्दामा जिवन्त बनाउने उनको प्रयास देखिन्छ । गायनमा जस्तै भिडियो निर्माणमा पनि आफु योग्य रहेको जनाउ उनले दिएकी छिन् । भिडियो सम्पादन सोहन मानन्धरको छ ।

एक दशक अधि नै प्रकाशनमा आएको लसताको एल्बम “आरोहण” मा समावेश यो गीतमा निराजन भण्डारीको शब्द छ । मोहित मुनालको संगीतसंयोजन छ। संगीत भने लसता आफ्नै रहेको छ । संगीत र शब्द जीवन्त र सदाबाहार खालको रहेकाले अहिले सुन्दा पनि गीत पुरानो लाग्दैन ।अहिले यो गीतलाई भिडियो मार्फत पुन स्मरण गराउने प्रयास गरिएको छ । गीत हिजो पनि राम्रो थियो । आज पनि अझ बढि राम्रो भएर आएको छ ।