छिरिङ भुटिया फेरि गायनमा

पचासकै दशकमा नेपाली गायनमा सिमापारी दार्जिलिंगबाट उदायका गायक छिरिङ भुटिया अहिले फेरि गायनमा झुल्केका छन् । गोपाल योन्जनको मिठो सानिध्यमा संगीतमा हुर्किने मौका पाएका भुटियाले गोपालको एल्बम निशानी ५३ मा पनि गाउने मौका पाएका थिए । समुह गायनमा गोपाललाई राम्रो साथ दिएर नेपाली गायनमा प्रवेश गरेका उनले आफ्नो एकल एल्बम भने २०५४ सालमा निकालेका थिए ।

“तिमी आए जस्तो “नामक त्यो एल्बम पश्चात सायद (२०५७),डे(२०५९), उपस्थिती(२०६२)जस्ता एल्बम निकालेर गायनमा अधि बढिरहेका थिए । तर बिचमा गायनलाई अलि कम गरेर साउण्डको क्षेत्रमा क्रियाशीलता देखाउन पुगे। उनको गायक परिचय साउण्ड ईन्जिनियरमा परिणत भयो ।

अहिले फेरि उनी गायनमा देखापरेका छन् । “छिरिङ एण्ड द व्याण्ड ” नामक सागीतिक समुह नै बनाएर देखापरेका छन् । उनको समुहमा सन्तोष श्रेष्ठ,अमित कर्माचार्य,ओम श्रेष्ठ,सामयोल राईले उनलाई बाद्यबादनमा साथ दिदै आएका छन् ।अाज यहि समुहले एउटा मिठो गीत सार्वजनिक गरेको छ । बिजु कर्माचार्यको शब्द संगीतमा तयार भएको याद शिर्षकको यो गीतमा यो व्याण्डको राम्रो प्रस्तुति देखिन्छ ।