जन्मदिन पारेर नयॉ भिडियो सार्वजनिक

आफ्नो जन्मदिन पारेर गायिका सुशिला पाठकले आफ्नो नयॉ भिडियो सार्वजनिक गरेकी छिन् । शान्तिप्रियद्वारा लिखित यो गीतमा दीपक शर्माको संगीत छ भने उदयराज पौडेलको संगीत संयोजन । मिठो मेलोडीमा बनाईएको यो गीतमा सुशिला खुलेकी छिन् ।

आकर्षक भिडियो सहित सार्वजनिक गरिएको यो गीतमा गायिका सुशिलालाई अभिनयमा बिशाल थापा र समिक्षा पोखरेलले साथ दिएका छन् । भिडियोलाई सचिन थापाले निर्देशन गर्दै अर्थपुर्ण बनाएका छन् । उनकै छायांकन रहेको भिडियोलाई सिलन लम्सालले संपादन गरेका छन् । भिडियोमा तन्नेरीहरु रमाउदै आफ्नो काममा लागिपरेको कुरा गज्जबसंग देखाईएको छ ।

आज एक समारोह बिच सार्वजनिक गरिएको यो गीतलाई प्रत्यक्ष हेर्न र सुशिलालाई जन्मदिनको शुभकामना दिन उनका साथीभाइ, आफन्त, शुभचिन्तक र मिडिया कर्मीहरुको बाक्लो उपस्थिती थियो । “देशै खाने भई” बोलको यो गीतले कत्तिको चर्चा र सफलता पाउने हो त्यो भने हेर्न वाकी नै छ । यसअधि पनि सुशिलाका तीन भिडियो र एउटा एल्बम आईसकेका छन् । १ दर्जनभन्दा बढि फुटकर गीत बिभिन्न एल्बममा गाईसकेकी छिन् । गायनमा अत्यन्त उत्साहित यिनी दोस्रो एल्बमको तयारीमा पनि जुटेकी छिन् । कार्यक्रममा उपस्थित भएर आफुलाई हौसला दिने सबैलाई सुशिलाले धन्यबाद ज्ञापन गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।