होलीमा कपाल जोगाउने काइदा

प्रस्तुति:जुली प्याकुरेल

होलीको रमाइलोमा जथाभावी रंगको प्रयोग गरिन्छ । आफुले प्रयोग गर्ने रंग मात्र होइन, अरुले छ्याप्ने पानी, रंग आदिले कपाल तथा छालामा असर गर्न सक्छ । किनभने धेरैजसोले फोहोर पानी प्रयोग गर्छन् । रसायनयुक्त रंगहरु प्रयोग गर्छन् ।

होलीमा अबिर एवं रङ लगाउनु रमाइलो हो । तर रङ लगाएपछि त्यसमा भएको हानीकारक केमिकल्सले कपालमा जुन समस्या देन्छि, त्यो भने पक्कैपनि चिन्ताको विषय हो । किनकी होलीमा प्रयोग गरिने विभिन्न केमिकल्सयुक्त रङले कपाललाई फुस्रो बनाउनुका साथै  कपाललाई रुखो बनाउने तथा कपाल झर्ने समस्या निम्त्याउँछ ।

त्यसैले, यस्तो समस्याबाट बच्नका लागि पनि होलीमा कपालको विशेष रुपले हेरचाह गर्न जरुरी छ । खासगरी होली खेल्नु अघि कपाललाई जतिधेरै हेरचाह गर्नुपर्छ , होली खेलेपछि कपालको हेरचार त्यो भन्दा धेरै गर्नुपर्छ । किनकी होली खेले पश्चात्त लामो समयसम्म कपालमा रङ रहिरहने रङ्गले कपाललाई भित्रैदेखि क्षति पुर्‍याउँछ ।

त्यसैले, होलीको अवसरमा कपाललाई क्षति हुनबाट जोगाउन यी काइदा अपनाउन सकिन्छ ।

पानीले धुने कपाल

होली खेलिसकेपछि पश्चात्त कपाललाई सफा पानीले धुनु पर्छ । जसले गर्दा कपालमा भएको सबै रङ पखालिन्छ । यसपछि मात्र कपाललाई हर्वल श्याम्पू वा शिकाकाई, अमला, रिठ्ठा तथा आमलालाई रातभर भिजाएर तयार पारिएको श्याम्पूले धुनु पर्छ । कपालमा श्याम्पू गरेपछि कन्डीशनरको प्रयोग गर्न भुल्नु हुँदैन ।

हातैले निकाल्ने प्रयास गर्ने  

कपाललाई पानीले धुनु पूर्व कपालमा लागेको रङ लाई सर्वप्रथम हातैले निकाल्ने प्रयास गर्नु पर्छ । त्यसपछि कपालमा कायो प्रयोग गरेर रङ निकाल्ने कोशिश गर्नुपर्छ ।

सक्दो छिटो रङ पखाल्ने

होलीमा रङको प्रयोग गर्नासाथ जतिसक्दो छिटो रङ निकाल्ने प्रयास गर्नुपर्छ, जसले गर्दा केमिकल्सयुक्त रङले कपाललाई कुनै हानी नगरोस् ।

कागती पानीको प्रयोग

होलीको रङबाट कपाललाई सुरक्षा प्रदान गर्न कपाल धोए पश्चात्त अन्तिममा कागती हालेको पानीले कपाल धुनुपर्छ । यसले कपालको जरामा क्षति हुन पाउँदैन ।

तेलमा अण्डा मिसाउने

कपालको चमक फर्काउन तथा कपाललाई पहिलेजस्तै चमकदार बनाउ अण्डामा बदाम वा जैतुनको तेल मिसाएर कपालको मालिश गर्नु पर्छ । र, करिब एक घण्टापछि कपाललाई राम्ररी पखाल्नु पर्छ ।

मेहन्दीको प्रयोग

कपालमा चमक ल्याउन कपालमा मेहेन्दी पनि लगाउन सकिन्छ । यसले कपालमा कन्डिशनरको रुपमा काम गर्छ । मेहेन्दीमा दही, कागती, अण्डा वा कफि मिलाउन सकिन्छ । यसले कपाल आर्कषक तथा चम्किलो बनाउन मद्दत मिल्छ ।

ओलिभ आयल वा मह

कपाललाई चम्किलो बनाउन ओलिभ आयलमा मह मिलाउन सकिन्छ । यो कपालको लागि राम्रो प्याक मानिन्छ । यसले कपाललाई भित्रै देखि कन्डिशनिङ गर्छ ।

बदाम वा जैतुनको तेल

रङका कारण कपाल झर्ने समस्या भएमा रातमा बदाम वा ओलिभ आयल द्धारा कपालको मालिश गर्नुपर्छ । यसले कपलालाई स्वस्थ बनाउँछ ।

यी घरेलु तरीका अपनाएमा कपालमा भएको केमिकल्सयुक्त रङ निकाल्न सकिन्छ र कपाललाई क्षति हुनबाट बचाउन सकिन्छ । यद्यपी, राम्रो त यही हुन्छ कि होली खेल्नु अघि कपाललाई ढाकेर राख्नुस् । ताकी कपालमा रङ नपरोस् र सफा गर्न सजिलो होस् ।