शब्द र संगीतको अनुपम संग्रह ‘शिशिर’

नेपाली संगीत क्षेत्रमा लामो समयको अन्तरालमा एउटा सुन्न मनन गर्न योग्य एल्बम म्युजिक नेपालले प्रकाशनमा ल्याएको छ ।पुराना तथा संगीतकारहरुलाई समेटेर तयार पारिएको यो एल्बममा रत्न शम्सेर थापाका ५ गीत समावेश छन् ।सबैभन्दा वरिष्ठको हिसावले रत्न शम्सेरलाई समेटिएको यो एल्बममा उनका बेजोड गीतहरु समावेश देखिन्छन् ।सत्यमोहन जोशी ,कमल दिक्षित,कालीप्रसाद रिजाल,भीम बिरागका अनमोल शब्दले यो संग्रहलाई जिवन्त पारिदिएको छ ।

अम्बर गुरुंग, नोर्वु छिरिंग ,राजकुमार श्रेष्ठ,सन्तोष श्रेष्ठकाो संगीतले एल्बम गर्विलो बनेको छ।अझ एउटा गीतमा नारायण गोपालको संगीत पनि रहेकाले एल्बम खदिलो बनेको छ ।राम्रा शब्द र संगीत रहेकाले एल्बम गतिलो बनेको छ । समावेश ९ गीतमा गायक शिशिर योगीले मिठो र ओजस्वी गला चलाएका छन् । एउटा गीतमा ज्ञानु राणाको स्वर पनि समावेश छ ।शिशिरको एकल एल्बम पनि हो यो ।

गीत छनौट र संगीत छनौट उनको तारिफ योग्य छ । सुर र ताल छान्न अव्वल देखिए झै आफ्नो संगीत पनि अव्वल नै प्रमाणित गरेका छन् ।यो एल्बममा ३ वटा आफ्नै संगीत पनि समावेस गरेका छन् । गायन संगीत मा कुनै खोट छैन । शब्द त झन् पर्फेक्ट ।संगीत संयोजन पनि तारिफ योग्य ।नोर्वु छिरिंग , अमुल कार्कीढलीको काम विशेष छ ।

एल्बममा समावेश पुतली बोलको गीतमा भिडियो पनि बनेको छ ।वसन्त ऋतुको मौसममा बसन्तमै रमाउने पुतली गीत भिडियो सहित सार्वजनिक हुनु राम्रो संयोग पनि बनेको छ ।२००० साल तिरै रचना गरिएको यो कबिताक्मक गीत निकै मिठो पनि छ ।सरल र सरस गीतमा सरल नै भिडियो बनेको छ ।निरज र दिवासनाको मिठो अभिनय रहेको यो गीतमा जीवन शाहीको निर्देशन छ ।बिकास दाहालको सम्पादन र उत्सब दाहालको छायांकन रहेको छ ।