भृकुटीमण्डपमा महिला तथा पुरुष रेस्लरबिच भिडन्त

फागुपुर्णिमाको अवसरमा नेपालमा महिला रेस्लिंगको बिकास र बिस्तार गर्न गठित नेपाल महिला रेस्लिग फ़ाउण्डेशनले काठमाडौको भृकुटी मण्डपमा महिला तथा पुरुष रेस्लरबिच भिडन्त आयोजना गर्ने भएको छ ।भिडन्तमा नेपाल तथा भारतका रेस्लरहरु सहभागी हुदैछन् ।

भिड़न्त चैत्र ६ गते राखिएको छ ।५ वटा भिडण्त रहेको यस कार्यक्रममा भिड्न भारतबाट प्रिन्स अडवान्सी आएका छन् भने नेपाली रेस्लरहरु हिक्मत थपलिया , भगबती खड्का , सिर्जना कोजु , अस्मिता जुरेली , भगवती माझी, लक्ष्मी घर्तीमगर, लिला उप्रेती, गीता जिरेल ,जमुना तामांग, आकृति पुन र सविना उप्रेती सहभागी हुनेछन् ।युगल र त्रिपक्षीय भिडण्त हुने यो संग्राम गुणराज रुचालले संचालन गर्ने छन् ।